Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य

अर्थ प्लस
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य

काठमाडौँ, जेठ २ । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७..३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्राँै योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो । 

योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राँै योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए । उनका अनुसार  आव २०७९÷८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५÷८६ सम्म ७।३ प्रतिशत पु¥याउने लक्ष्य छ । 
उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पु¥याउने लक्ष्य रहेको छ । सार्वजनिक सोह्राँै योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । 

यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्यांक अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर ०.६५ पु¥याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचनांक ७६.३ बाट ७८ पु¥याउने लक्ष्य रहेको छ । आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ । 

यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पु¥याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५।८ बाट ४५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पु¥याउने लक्ष्य रहेको छ । सोह्राँै योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब  लाग्ने भएको छ । 

सम्बन्धित समाचार