Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

भारतको अवरोधपछि इलामका चिया उद्योग भोलिदेखि बन्द, १२ लाख किलो तयारी चिया अलपत्र

भारतको अवरोधपछि इलामका चिया उद्योग भोलिदेखि बन्द, १२ लाख किलो तयारी चिया अलपत्र

अर्थ प्लस
भारतको अवरोधपछि इलामका चिया उद्योग भोलिदेखि बन्द, १२ लाख किलो तयारी चिया अलपत्र

काठमाडौं । भारतीय चिया बोर्डले चिया निर्यातमा नयाँ र जटिल नियम लागू गरेपछि उत्पन्न संकटका कारण इलामका चिया उद्योगीहरूले असार १ गतेदेखि उद्योगहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा आएको गम्भीर संकटका कारण उद्योग चलाउन नसक्ने बाध्यात्मक अवस्था आएको जनाएको हो  । 

भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ का कारण नेपाली चिया निर्यात ठप्प प्रायः भएको छ ।एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले अहिले करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको बताए ।

‘जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको अवस्था छ,’ उनले भने, ‘यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको छ ।’

भारतीय पक्षले गुणस्तर जाँचको नाममा नमुना लगे पनि महिनाौंसम्म रिपोर्ट नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता कडा र अव्यावहारिक नियमहरू थपेको उद्योगीहरूको गुनासो छ । 

भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपेको उद्योगीहरूको गुनासो छ ।

निर्यात ठप्प भएपछि उद्योगहरूले चिया किसानलाई हरियो पत्तीको भुक्तानी समेत दिन नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ ।

उद्योग बन्द हुँदा चिया किसान, श्रमिक र व्यवसायीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै एसोसिएसनले यो गम्भीर समस्याको उचित निकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारका साथै सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरूसँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ ।

सम्बन्धित समाचार