Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

एनआईसी एशिया लघुवित्तद्वारा बारा घटनाको भर्त्सना, तोडफोडमा संलग्नलाई कारवाहीको माग

एनआईसी एशिया लघुवित्तद्वारा बारा घटनाको भर्त्सना, तोडफोडमा संलग्नलाई कारवाहीको माग

अर्थ प्लस
एनआईसी एशिया लघुवित्तद्वारा बारा घटनाको भर्त्सना, तोडफोडमा संलग्नलाई कारवाहीको माग

काठमाडौँ, जेठ २ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बाराको परवानीपुर शाखा कार्यालयमा भएको तोडफोडको घटनाको भर्त्सना गरेको छ ।

कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै गत जेठ १ गते अपरान्ह करिब १ः१० बजे शाखा कार्यालयमा भएको तोडफोड र अराजक कार्यको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ ।  

कम्पनीले करिब २०–३० जनाको समूहले कार्यालय भित्र प्रवेश गरी शाखा प्रमुख तथा कर्मचारीहरुमाथि ज्यान मार्ने गरी भौतिक आक्रमण तथा अभद्र व्यवहार समेत गरेको तथा कार्यालय प्रयोजनका टेबल,कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी समाग्रीहरु तोडफोड गर्नुका साथै कार्यालयमा ताला समेत लगाई अराजक र असभ्य क्रियाकलापहरु गरेको बताएको छ ।

कम्पनीले वित्तीय सेवा प्रवाह गरिरहेको दिउँसोको समयमा अति आवश्यकीय क्षेत्रमा पर्ने बैंक तथा वित्तीय क्षेत्रको सेवामा कार्यरत कर्मचारीहरुमाथि भएको भौतिक आक्रमणको निन्दा गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

सम्बन्धित समाचार