Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ता

भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ता

अर्थ प्लस
भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ता

काठमाडौँ । कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जनाविरूद्ध मुद्दा चलेको छ।प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्ति विरूद्धको कसुरमा मुद्दा चलाएको जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो। बाँकी १० जनालाई रिहा गरिएको उनले जानकारी दिए।

पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उनले बताए।साथै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस घटनाका विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि, वनका पदाधिकारीलगायत सँग मंगलबार पनि छलफल हुने बताए।सरोकारवालाहरूका बीच जिल्ला प्रशासन कार्यालयमा आइतबार दिनभर छलफल भएको थियो भने सोही दिन प्रहरीले १२ जना वनका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।

यो घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समितिसमेत गठन गरेको छ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो।

सम्बन्धित समाचार