Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

काठमाडौंमा प्रहरीद्धारा गोली हानी ‘लागुऔषध कारोबारी’ नियन्त्रणमा. अन्य दुई पनि पक्राउ

काठमाडौंमा प्रहरीद्धारा गोली हानी ‘लागुऔषध कारोबारी’ नियन्त्रणमा. अन्य दुई पनि पक्राउ

अर्थ प्लस
काठमाडौंमा प्रहरीद्धारा गोली हानी ‘लागुऔषध कारोबारी’ नियन्त्रणमा. अन्य दुई पनि पक्राउ

काठमाडौं । गोली प्रहार गरी प्रहरीले तीन ‘लागुऔषध कारोबारी’लाई नियन्त्रणमा लिएको छ । शनिबार (असार ६) काठमाडौं महानगरपालिका–३२, बालकुमारीमा एक राउन्ड गोली प्रहार गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

बालकुमारीस्थित पुलमुनि कारोबार गरिरहेको अवस्थामा प्रहरीले ती व्यक्तिलाई गोली हानेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीका २५ वर्षीय अशोक भुल, सप्तरीका २० वर्षीय निरजकुमार मण्डल र पर्साका ३९ वर्षीय किशोरप्रसाद ओझैया छन् । उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेका ब्युरोले जनाएको छ ।

नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी उनीहरू भागेका थिए । त्यसपछि प्रहरीले ‘चेतावनीस्वरूप’ दुई राउन्ड हवाईफायर गरेको थियो । तर, उनीहरू रोकिएनन् । भागिरहे । अनि, ओझैयाको दाहिने घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिइएको ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

ओझैया यसअघि लागुऔषध मुद्दामै तीन वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरी ०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेका उनले जानकारी दिए ।

उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन ३०० ग्राम र चारथान मोबाइल बरामद गरिएको ब्युरोले जनाएको छ । “साथै, गोली लागी घाइते भएका किशोरप्रसाद ओझैयालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टमा पुर्‍याई उपचार भइरहेको,” एसपी रेग्मीले भनेका छन् ।

सम्बन्धित समाचार