मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलाको चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।
