Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

अर्थ प्लस
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

काठमाडौँ ।  नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी तोलाको चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार