Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

फिफा विश्वकप २०२६ :ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित

फिफा विश्वकप २०२६ :ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित

अर्थ प्लस
फिफा विश्वकप २०२६ :ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामी स्टेडियममा भएको खेलमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्राजिलले खेलको बाँकी समय आफ्नो रक्षापंक्तिलाई बलियो राख्दै सोही अग्रतालाई जोगाउन सफल भएको हो ।

खेलमा भिनिसियस जुनियरले  दुई तथा माथिअस कुन्हाले एक गोल गरेपछि ब्राजिलले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको हो ।

खेलको सातौँ मिनेटमै स्टार स्ट्राइकर भिनिसियस जुनियरले  गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । आक्रामक खेल पस्किएको ब्राजिलका लागि पहिलो हाफको इन्जुरी समय मा भिनिसियस जुनियरले  नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६० मिनेटमा माथिअस कुन्हाले गोल गर्दै ३–० को अग्रता दिलाएका हुन् । त्यसपछि भने दुवै तर्फबाट गोल हुन सकेन् । समूह सीबाट ब्राजिल र मोरक्को अन्तिम ३२ मा पुगेका छन्।

 

सम्बन्धित समाचार