काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २ सय ५० रुपैयाँले घट्दै ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।
