Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बुधवारको राशिफल : आजको दिन कुन कुन राशि हुनेहरूका लागि फलदायी रहला ?

बुधवारको राशिफल : आजको दिन कुन कुन राशि हुनेहरूका लागि फलदायी रहला ?

अर्थ प्लस
बुधवारको राशिफल : आजको दिन कुन कुन राशि हुनेहरूका लागि फलदायी रहला ?

आज वि.संं. २०८३ असार १७ गते तदनुसार जुलाई १ तारिख २०२६ बुधवार, आषाढ कृष्णपक्ष , प्रतिपदा तिथि, पूर्वाषाढा नक्षत्र, चन्द्रराशि धनु।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
पुराना विषयको वास्तविकता खुल्न सक्ने भएकाले धैर्य र समझदारी आवश्यक रहनेछ। सम्मानजनक कामबाट प्रशंसा प्राप्त हुनेछ भने व्यापार, सेयर बजार र रोजगारीमा राम्रो अवसर मिल्ने योग छ। परिवारको सहयोगले आर्थिक अवस्था बलियो बन्नेछ। अध्ययनमा सफलता, पुरस्कार तथा प्रशंसापत्र प्राप्त हुने सम्भावना पनि रहेको छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
बिहान स्वास्थ्य र काममा केही अवरोध देखिए पनि मध्याह्नपछि समय अनुकूल बन्नेछ। अनुभव र जिम्मेवारी निर्वाहले विश्वास बढ्नेछ भने आफन्त तथा अग्रजको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछन्। नयाँ रोजगारी, स्थानान्तरण तथा कृषि–पशुपालनमा लाभको योग छ। धार्मिक अध्ययनले ज्ञान र बौद्धिक क्षमता पनि विस्तार गर्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
बिहान अध्ययन, पारिवारिक सुख र प्रेम सम्बन्धका लागि अनुकूल रहनेछ। नयाँ नियुक्ति वा बढुवाको सम्भावना पनि छ। नजिकका व्यक्तिसँग सम्बन्ध अझ प्रगाढ बन्नेछ। तर मध्याह्नपछि सवारीसाधन र सम्पत्तिको प्रयोगमा सावधानी अपनाउनु उचित हुनेछ। आफन्तसँग सामान्य मनमुटाव हुन सक्ने भएकाले संयमित व्यवहार गर्नु लाभदायी रहनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
नयाँ अनुभव र सिकाइका अवसरले प्रगतिको बाटो खोल्नेछ। फराकिलो सोचका साथ लिएको निर्णय सफल बन्नेछ। प्रतिस्पर्धा र न्यायिक विषयमा अनुकूल नतिजा आउने सम्भावना छ। व्यापार तथा लगानीबाट लाभ, यात्राको अवसर र प्रेम सम्बन्धमा खुसी मिल्नेछ। मनोरञ्जन तथा विलासी वस्तुको उपयोग गर्ने योग पनि रहेको छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
सहकार्यबाट उल्लेखनीय सफलता मिल्नेछ भने पुरानो साथीसँगको भेटले खुसी थप्नेछ। व्यापार र वित्तीय लगानीबाट राम्रो लाभ हुने सम्भावना छ। अध्ययन वा जागिरको प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। न्यायिक निर्णय अनुकूल रहने, पारिवारिक सम्बन्ध सुदृढ बन्ने तथा मनोरञ्जनात्मक गतिविधिप्रति आकर्षण बढ्ने योग देखिन्छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आर्थिक विषयमा सन्तुलित निर्णय र आवश्यक लगानी लाभदायी बन्नेछ। मेहनतको उचित मूल्य प्राप्त हुने संकेत छ। धैर्यका साथ काम गर्दा सफलता मिल्नेछ भने नयाँ प्रविधिबाट आम्दानीका अवसर बढ्नेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुने, बैंक तथा वित्तीय क्षेत्रबाट लाभ मिल्ने र सामाजिक–राजनीतिक क्षेत्रमा मिश्रित समर्थन प्राप्त हुने योग रहेको छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
बिहान कृषि, पशुपालन र अध्ययनमा सफलता मिल्ने तथा आम्दानी बढ्ने सम्भावना छ। परिवार र साथीभाइसँगको समयले उत्साह थप्नेछ। तर मध्याह्नपछि प्रेम सम्बन्ध, पारिवारिक सम्बन्ध र कार्यक्षेत्रमा सावधानी आवश्यक हुनेछ। घरजग्गा वा सवारीसाधनको कारोबार सोचविचार गरेर गर्नु उचित रहनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
घरपरिवारसँग सम्बन्धित काममा प्रगति हुने र पुराना विषय समाधानतर्फ अघि बढ्नेछन्। प्रतिस्पर्धामा सफलता, लेखन–कला क्षेत्रमा प्रगति तथा प्रेम सम्बन्धमा खुसी मिल्ने योग छ। दाजुभाइ र आफन्तको सहयोगले व्यापार तथा वित्तीय लगानीबाट राम्रो लाभ हुने सम्भावना रहेको छ। व्यवहारले परिवारमा सुखद वातावरण सिर्जना गर्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
नयाँ जानकारी र सामान्य कुराकानीले महत्त्वपूर्ण निर्णयमा सहयोग पुर्‍याउनेछ। छोटो यात्राको सम्भावना पनि छ। परिवारसँग रमाइलो समय बित्ने, घरायसी व्यापार र लगानीबाट लाभ मिल्ने तथा आफन्तको सहयोगले काममा गति आउनेछ। प्रेम सम्बन्ध अनुकूल रहनेछ भने प्रभावशाली बोलीले धेरै काम सहज रूपमा सम्पन्न हुनेछन्।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
बिहान केही योजना प्रभावित हुन सक्छन् र स्वास्थ्य तथा खानपानमा सावधानी आवश्यक छ। विदेश, यात्रा वा वैदेशिक व्यापारसँग सम्बन्धित काममा प्रगति हुनेछ। मध्याह्नपछि सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने, व्यापार तथा सेयर बजारमा नयाँ लगानीको अवसर मिल्ने र इमानदारी तथा लगनशीलताले उल्लेखनीय सफलता दिलाउने सम्भावना रहेको छ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
बिहान व्यापार, कृषि तथा पशुपालनबाट लाभ मिल्ने र रोकिएका काम अघि बढ्ने सम्भावना छ। तपाईंको व्यक्तित्वले सकारात्मक प्रभाव पार्नेछ। तर मध्याह्नपछि अध्ययनमा एकाग्रता घट्न सक्छ। सवारी चलाउँदा वा काम गर्दा सावधानी अपनाउनु आवश्यक हुनेछ, अन्यथा दण्ड, जरिवाना वा स्वास्थ्यसम्बन्धी खर्च बढ्न सक्ने संकेत छ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आफ्नो मानसिक शान्तिका लागि समय निकाल्नु लाभदायी हुनेछ। प्राकृतिक स्रोत, शिक्षा वा चेतनामूलक कार्यबाट आम्दानी बढ्ने सम्भावना छ। अग्रज वा बुवाको मार्गदर्शनले प्रगतिको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ बन्ने, पारिवारिक इच्छा पूरा हुने तथा अध्ययन वा कामका सिलसिलामा लामो दूरीको यात्रा हुने योग रहेको छ।

सम्बन्धित समाचार