काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड –२०२५ अन्तर्गत काँस्य पुरस्कार प्राप्त गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको विशेष समारोहमा बैंकका नायब महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गरेका हुन्।
बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, संस्थागत सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासका आधारमा उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यो सम्मानले संस्थागत सुशासन, वित्तीय अनुशासन, पारदर्शिता तथा अन्तर्राष्ट्रियस्तरका वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाप्रति उत्तरदायी रहने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।
