Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार  ?

सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार  ?

अर्थ प्लस
सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार  ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १६५ रुपैयाँले बढेको हो ।

बुधबार ४ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार