Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सरकारको सय दिन: ६६६ बिचौलिया नियन्त्रणमा, ११ हजार उजुरी दर्ता

सरकारको सय दिन: ६६६ बिचौलिया नियन्त्रणमा, ११ हजार उजुरी दर्ता

अर्थ प्लस
सरकारको सय दिन: ६६६ बिचौलिया नियन्त्रणमा, ११ हजार उजुरी दर्ता

काठमाडौं । सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिबार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो । 

सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् । उनले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको बताए भने राष्ट्रिय सदाचार नीति २०८३ जारी गरिएको समेत बताएका छन् । पोखरेलले १० वटा सहकारीबाट २ करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको समेत जानकारी दिएका छन् । 

मल, औषधि तथा अत्यावश्यक औषधि खरिदलाई सहजीकरण गर्न सार्वजनिक खरिद दोस्रो संशोधन सङ्घीय संसदमा पेस भएको जानकारी समेत उनले दिएका छन् । 

सम्बन्धित समाचार