आज वि.सं. २०८३ असार २८ गते तदनुसार १२ जुलाई २०२६ आइतवार, आषाढ कृष्णपक्ष त्रयोदशी तिथि, रोहिणी नक्षत्र, बिहान ६ बजेर ५७ मिनेटपछि मृगशिरा (क्षय) चन्द्रराशि वृष, दिउँसो ६ बजेर ७ मिनेटपछि मिथुन।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार, लगानी र पारिवारिक सहयोगले उत्साह बढ्नेछ। बोली र व्यवहारले धेरैको मन जित्न सकिनेछ भने प्रेम, यात्रा र मनोरञ्जनमा समय बित्नेछ। तर गलत बुझाइ, सम्पत्तिसम्बन्धी विवाद र अध्ययनमा केही चुनौती आउन सक्छ। धैर्य अपनाए साँझतिर लक्ष्य प्राप्ति र काममा सफलता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोकिएका काम पूरा हुँदै व्यापार, अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक लाभ, परिवारको साथ र नयाँ अवसरले आत्मविश्वास बढाउनेछ। बिहान केही व्यस्तता रहे पनि सहयोगीको साथ मिल्नेछ। प्रतिष्ठा बढ्ने, नयाँ काम सुरु गर्ने र पुराना कमजोरी सुधार्ने अनुकूल समय रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विदेशसँग सम्बन्धित काम र व्यापारमा अवसर देखिए पनि खर्च, धोका र आर्थिक दबाबले सताउन सक्छ। अध्ययन र प्रेममा चुनौती देखिनेछ। बोली र व्यवहारले सम्बन्ध सुधार्न सकिनेछ। आवश्यक निर्णयमा सावधानी अपनाउनुपर्छ। साँझतिर परिस्थिति अनुकूल बन्दै रोकिएका काम पूरा हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार, आम्दानी र नयाँ अवसर बढ्नेछन्। आफन्तको सहयोग, प्रेममा निकटता तथा अध्ययनमा सुधारले उत्साह थप्नेछ। मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ। दिनको अन्त्यतिर खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्छ। भविष्यका लागि लगानी र योजना बनाउन उपयुक्त समय रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनीति, व्यापार र पेशागत क्षेत्रमा सफलता मिल्नेछ। इमानदारी र परिश्रमको उचित मूल्यांकन हुँदै प्रतिष्ठा बढ्नेछ। अध्ययन, प्रेम र सामाजिक सम्बन्ध बलियो बन्नेछन्। विशिष्ट व्यक्तिसँग सम्बन्ध विस्तार हुने तथा नयाँ अवसर प्राप्त हुने योग छ। मेहनतले नाम, दाम र सम्मान दिलाउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रविधि, व्यापार, धार्मिक यात्रा र वैदेशिक अवसर अनुकूल रहनेछन्। प्रेम र पारिवारिक साथले मन प्रसन्न हुनेछ। केही चुनौती र ढिलाइ आए पनि धैर्य राखे काममा सुधार आउनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। साँझतिर नयाँ योजना अघि बढ्ने र अवरोध हट्ने सम्भावना छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन, व्यापार र आर्थिक पक्षमा केही चुनौती देखिए पनि धैर्य आवश्यक हुनेछ। प्रेम, दाम्पत्य र सम्बन्धमा असमझदारी बढ्न सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। पुराना साथीभाइसँग भेटघाटले मन प्रसन्न बनाउनेछ। केही समयपछि सहयोगीको साथ पाएर समस्या समाधानतर्फ अघि बढ्न सकिनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार, प्रेम, यात्रा र पारिवारिक जमघटले दिन सुखद रहनेछ। अध्ययन, लेखन र सामाजिक सञ्जालमार्फत प्रभाव बढ्नेछ। विशेष उपहार तथा आर्थिक लाभको सम्भावना छ। अनुभव र संयमले काम सफल हुनेछ। साँझतिर स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु उपयुक्त हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परिवार, मावली पक्ष र जीवनसाथीको सहयोगले काममा सफलता मिल्नेछ। व्यापार, लगानी र अध्ययनमा राम्रो उपलब्धि हासिल हुनेछ। प्रतिस्पर्धामा विजय, नयाँ कामको अवसर र आर्थिक लाभ प्राप्त हुनेछ। फरक वातावरणमा समय बिताउने अवसर मिल्नेछ। साँझतिर यात्रा वा व्यापारमा थप सफलता मिल्ने संकेत छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बौद्धिक क्षमता र अनुभवले चुनौती पार गर्दै सफलता दिलाउनेछ। उपहार, सन्तानको साथ र आर्थिक लाभको सम्भावना छ। स्वास्थ्य, अध्ययन र नयाँ काममा केही अवरोध आउन सक्छ। अप्रिय समाचारले चिन्ता बढाए पनि साँझतिर परिस्थिति सुधार हुँदै काम सहज बन्दै जानेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुराना कामलाई निरन्तरता दिनु लाभदायी हुनेछ। घरपरिवारमा संवाद र सम्बन्ध सुधार हुनेछन्। तर नयाँ योजना, साझेदारी र गोपनीय विषयमा सावधानी अपनाउनुपर्छ। अवसर गुम्ने, प्रतिस्पर्धी सक्रिय हुने र काममा अवरोध आउन सक्ने भएकाले धैर्यपूर्वक उपयुक्त समयको प्रतीक्षा गर्नु राम्रो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापार, अध्ययन र पारिवारिक सहयोगले सफलता दिलाउनेछ। विवाद समाधान हुने, प्रेम सम्बन्ध सुदृढ बन्ने तथा रोकिएका काम पूरा हुने सम्भावना छ। परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न अनुकूल समय रहनेछ। साँझतिर आफन्तसँग सामान्य मतभेद हुन सक्ने भएकाले संयमता अपनाउनु उपयुक्त हुनेछ।
