Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सामसङको ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, इमर्सिभ डिस्प्ले, एआई सुविधाहरु

सामसङको ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, इमर्सिभ डिस्प्ले, एआई सुविधाहरु

अर्थ प्लस
सामसङको ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, इमर्सिभ डिस्प्ले, एआई सुविधाहरु

काठमाडौं । सामसङ नेपालले बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई)मा आधारित सुविधा, उच्चस्तरीय डिस्प्ले, दीर्घकालीन सफ्टवेयर समर्थन तथा ब्याजरहित किस्ता योजनासहित नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको जनाएको छ ।

सामसङ नेपालका एमएक्स व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ए सिरिजमार्फत अत्याधुनिक एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पहुँचयोग्य बनाउने कम्पनीको लक्ष्य रहेको बताए । उनका अनुसार, नयाँ ग्यालेक्सी ए२७ फाइभ–जीले दैनिक प्रयोगका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्नुका साथै २४ महिनासम्मको ब्याजरहित किस्ता सुविधाले स्मार्टफोन खरिदलाई अझ सहज बनाउनेछ ।

ग्यालेक्सी ए२७ फाइभ–जीमा ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा इन्फिनिटी–ओ डिजाइन समावेश गरिएको छ । यो फोन लाइट ग्रिन, लाइट पिंक र ब्ल्याक रङमा उपलब्ध हुनेछ ।

फोनमा चार नानोमिटर प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन–३ प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिङ, भिडियो स्ट्रिमिङ, बहुकार्य सञ्चालन तथा एआई एप प्रयोगमा सहज कार्यसम्पादन गर्ने कम्पनीले जनाएको छ ।

सामसङका अनुसार, स्मार्टफोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा, गुगल जेमिनी तथा पप्र्लेक्सिटीजस्ता एआई सहायकको समर्थन उपलब्ध छ । यी सुविधाले मिटिङ, कक्षा तथा दैनिक नोटहरू व्यवस्थित गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

ग्यालेक्सी ए२७ फाइभ–जीमा ५० मेगापिक्सेल अप्टिकल इमेज स्टेबलाइजेसनयुक्त मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो क्यामेरा तथा १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । फोनमा पाँच हजार एमएएच क्षमताको ब्याट्री, २५ वाट फास्ट चार्जिङ, एन्ड्रोइड १६ मा आधारित वन यूआई ८.५, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली तथा आईपी–६४ स्तरको पानी र धुलो प्रतिरोधी सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जीको ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ५५ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले १२ र २४ महिनासम्मको ब्याजरहित किस्ता सुविधा उपलब्ध गराएको छ । २४ महिनाको योजनाअन्तर्गत ग्राहकले मासिक एक हजार ५१९ रुपैयाँदेखि किस्ता तिरेर स्मार्टफोन खरिद गर्न सक्नेछन् ।

कम्पनीले पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी खरिद गर्ने ग्राहकलाई पुरानो फोनको मूल्यांकनबाहेक थप आठ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराउने जनाएको छ । साथै, ग्राहकले १२० जीबी एनसेल डाटा उपहार पनि प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार