Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

मंगलवारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

मंगलवारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

अर्थ प्लस
मंगलवारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

आज वि.सं. २०८३ असार ३० गते तदनुसार १४ जुलाई २०२६ मंगलवार, आषाढ कृष्णपक्ष औँसी तिथि, दिउँसो ३ बजेर ५६ मिनेटपछि प्रतिपदा, पुनर्वशु नक्षत्र, चन्द्रराशि मिथुन।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काम सुरु गर्न, लगानी बढाउन र व्यापार विस्तार गर्न अनुकूल समय छ। अध्ययन, प्रतिस्पर्धा, खेलकुद तथा न्यायिक विषयमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ बन्नेछ र जीवनसाथीको साथ पाइनेछ। यात्राबाट लाभ हुनेछ। सामाजिक सञ्जालमा बोल्दा संयम अपनाउनुहोस्। मेहनतको उचित प्रतिफल, सहयोगीको साथ र दिगो सफलता प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अध्ययन, बौद्धिक विकास, प्रेम र व्यापारमा सकारात्मक संकेत देखिए पनि स्वास्थ्य र जिम्मेवारीले दबाब बढाउन सक्छ। बोलीको प्रभावले आम्दानी बढ्नेछ। कृषि, होटल तथा खाद्यान्न व्यवसाय लाभदायी रहनेछ। ऋण दिनबाट बच्नुहोस्। प्रतिस्पर्धामा सफलता मिल्नेछ तर केही काम दोहोर्याउनुपर्ने र अपेक्षित नतिजा ढिलो प्राप्त हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ अवसर, व्यापारिक लाभ, अध्ययनमा सफलता र सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। रचनात्मक काम सुरु गर्न अनुकूल समय छ। परिवारसँग भेटघाटले खुसी मिल्नेछ। कार्यस्थलमा योजना गोप्य राख्नुहोस् र मेसिनरी प्रयोगमा सावधानी अपनाउनुहोस्। मेहनतले अधिकार स्थापित गर्दै दिगो फाइदाको आधार तयार हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सामान्य समस्या, खर्च वृद्धि र काममा ढिलाइ देखिए पनि व्यापारमा सुधार आउनेछ। विद्यार्थीका बाधा हट्नेछन्। लामो दूरीको यात्रा सम्भव छ। अरूको भर नपरी आफ्नै प्रयासमा अघि बढ्नुहोस्। लगानी सोचविचार गरेर गर्नु उचित हुनेछ। छिमेकीसँग विवाद टार्दै धैर्य अपनाए सफलता विस्तारै प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम सम्पन्न हुने, व्यापार र लगानीबाट लाभ बढ्ने तथा आम्दानीमा वृद्धि हुने समय छ। अध्ययन, सन्तान र पारिवारिक सुखले उत्साह थप्नेछ। साझेदारीबाट पनि फाइदा मिल्नेछ। विरोधीको आलोचना बेवास्ता गर्दै समयअनुसार अघि बढ्नुहोस्। मेहनतको उचित मूल्य, जिम्मेवारी र सम्मान दुवै बढ्ने संकेत छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नेतृत्व, पदोन्नति, नयाँ काम र व्यापारमा उल्लेखनीय प्रगति हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र मेहनतले लक्ष्य पूरा हुनेछ। साझेदारीमा मतभेद तथा घर कार्यस्थल सन्तुलन चुनौती बन्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। कर्मयोगले मानसम्मान, अवसर र व्यवसायिक सफलता दिलाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक, शैक्षिक र व्यापारिक क्षेत्रमा प्रगति हुनेछ। कानुनी विषयमा पक्ष बलियो रहनेछ। आयका नयाँ स्रोत खुल्नेछन् र परिवारसँग रमाइलो समय बित्नेछ। तर नयाँ लगानीमा जोखिम देखिएकाले सावधानी आवश्यक छ। कमजोरी बाहिरिन सक्छ। धैर्यपूर्वक नियमित काम अघि बढाउँदा भविष्यमा राम्रो उपलब्धि हात पर्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्ध, प्रेम र व्यापारमा चुनौती देखिए पनि बोलीको प्रभावले नयाँ सम्बन्ध बन्न सक्छ। बेलुकातिर खुसीको समाचार मिल्ने सम्भावना छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। अनावश्यक विवादबाट टाढा रहनुहोस्। व्यस्तता र दौडधुप बढ्नेछ। धैर्य राखे सीमित भए पनि उपलब्धि हासिल गर्न सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यापार, लगानी, अध्ययन र प्रेममा सफलता मिल्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ र मनोरञ्जन तथा घुमफिरको अवसर प्राप्त हुनेछ। नयाँ साथी र नयाँ वातावरणले उत्साह थप्नेछ। सहयोगीको साथ पाइनेछ। दुविधाको अन्त्य हुँदै भौतिक सुविधा बढ्नेछ। घरेलु काम पूरा गरी सम्बन्ध अझ मजबुत बन्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
साहस र मेहनतले रोकिएका काम पूरा हुनेछन्। अध्ययन, व्यापार र स्वास्थ्यमा सुधार आउनेछ। पुराना ऋण तिर्न सकिनेछ र नयाँ व्यवसाय सुरु गर्ने अवसर मिल्नेछ। साथीभाइसँग भेटघाटले सम्बन्ध बलियो बन्नेछ। प्रतिद्वन्द्वी पनि सहयोगी बन्न सक्छन्। व्यावसायिक प्रगति, सम्मान र जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शिक्षा, बैंकिङ, अध्ययन र प्रेममा शुभ संकेत देखिए पनि स्वास्थ्य र कामको दबाबले केही चुनौती ल्याउन सक्छ। वाचा पूरा गर्दा प्रशंसा मिल्नेछ। रिस नियन्त्रण गर्नुहोस् र योजना गोप्य राख्नुहोस्। मेहनतपछि मात्र अपेक्षित नतिजा प्राप्त हुनेछ। अवसर र अवरोधबीच धैर्यपूर्वक अघि बढ्नुपर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक मनमुटाब, अध्ययनमा कमजोरी र व्यापारमा ढिलाइ देखिए पनि कृषि तथा पशुपालनबाट राम्रो लाभ मिल्नेछ। नयाँ स्थानको भ्रमणले मन प्रसन्न बनाउनेछ। परिवारको साथ रहनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। हतारमा निर्णय नगर्नुहोस्। रोकिएका काम पूरा गर्न पुनः प्रयास आवश्यक हुनेछ।

सम्बन्धित समाचार