Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सुन र चाँदी दुवैको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?  

सुन र चाँदी दुवैको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?  

अर्थ प्लस
सुन र चाँदी दुवैको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?  

काठमाडौं । स्थानीय बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० रुपैयाँ निर्धारण भएको छ । 

गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार