Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

ट्राफिक कारबाहीबाट १० महिनामा उठ्यो १४ करोड ३३ लाख राजस्व, दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १० महिनामा उठ्यो १४ करोड ३३ लाख राजस्व, दुर्घटनामा २६१ जनाको मृत्यु

अर्थ प्लस
ट्राफिक कारबाहीबाट १० महिनामा उठ्यो  १४ करोड ३३ लाख राजस्व,  दुर्घटनामा २६१ जनाको मृत्यु

बागमती, जेठ  ५ । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । 

सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । 

पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि  नियम उल्लङ्घन गन कारबाही गरेको हो । 

दुई सय ६१ जनाको मृत्यु

उक्त अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको तथा दुई हजार पाँच सय ८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ ।

 उक्त कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो । 

आव २०७८÷७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो । 

सम्बन्धित समाचार