काठमाडौँ / रामादा बाई विन्धाम इटहरीले श्रावण महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनका लागि विशेष सहयोग कार्यक्रम सार्वजनिक गरेको छ। हरेक वर्ष बराहक्षेत्र–चतरादेखि धरानस्थित पिण्डेश्वर महादेव मन्दिरसम्म हुने बोलबम यात्रामा सहभागी हुने श्रद्धालुलाई लक्षित गर्दै होटलले विशेष आवास प्याकेज ल्याएको हो।
होटलका अनुसार बोलबम यात्रामा सहभागी भक्तजनलाई सहज र आरामदायी बसाइ उपलब्ध गराउने उद्देश्यले ‘वान नाइट डिलक्स रूम स्टे प्याकेज’ सञ्चालन गरिएको छ। यस प्याकेजअन्तर्गत एक रातको बसाइ, बुफे ब्रेकफास्ट, अतिरिक्त खानामा १५ प्रतिशत छुट तथा स्विमिङ पुल र फिटनेस सेन्टरको सुविधा उपलब्ध हुनेछ। एक जनाका लागि प्याकेज शुल्क ६ हजार ५०० रुपैयाँ तथा दुई जनाका लागि ७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। उक्त शुल्कमा लागू हुने कर भने समावेश गरिएको छैन।
बोलबम यात्रा प्रत्येक वर्ष बराहक्षेत्र–चतराबाट सुरु हुने गर्दछ। श्रद्धालुहरूले सप्तकोशी नदीबाट पवित्र जल संकलन गरी पैदल यात्रा गर्दै धरानस्थित पिण्डेश्वर महादेव मन्दिरमा पुगेर भगवान् शिवलाई जलाभिषेक अर्पण गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार समुद्र मन्थनपछि प्राप्त अमृतको दिव्य अंशबाट पिण्डेश्वरको शिवलिङ्ग प्रकट भएको मान्यता रहेकाले यो मन्दिर पूर्वी नेपालको प्रमुख शिवधाममध्ये एकका रूपमा परिचित छ।
होटलका महाप्रबन्धक अभिमन्यु कायस्थले बोलबम यात्रा यस क्षेत्रको महत्वपूर्ण धार्मिक परम्परा भएको उल्लेख गर्दै हरेक वर्ष श्रद्धाका साथ यात्रा गर्ने भक्तजनलाई सहयोग गर्न पाउनु होटलका लागि जिम्मेवारी र सम्मानको विषय भएको बताए। उनले यस कार्यक्रमले यात्रुहरूको यात्रा केही सहज बनाउनुका साथै उनीहरूको आस्था र समर्पणप्रति सम्मान प्रकट गर्ने विश्वास व्यक्त गरे।
रामादा बाई विन्धाम इटहरीले पूर्वी नेपाललाई संस्कृति, अध्यात्म र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै आएको जनाएको छ। होटलका अनुसार पिण्डेश्वर महादेव मन्दिर, बराहक्षेत्र धाम तथा कोशी टप्पु वन्यजन्तु आरक्ष भ्रमण गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल सहज आधारस्थल बनेको छ।
इटहरीमा अवस्थित रामादा बाई विन्धाम इटहरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रदान गर्ने होटलमध्ये एक हो। होटलमा ८१ वटा कोठा तथा सुइट, चारवटा विशेष भोजन स्थल, ब्यान्क्वेट हल, ओपन लन, स्विमिङ पुल तथा आधुनिक फिटनेस सेन्टरलगायतका सुविधा उपलब्ध छन्। होटलले व्यवसायिक यात्रु, पर्यटक तथा धार्मिक पर्यटकलाई लक्षित गर्दै गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।
