Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

बुधवारको राशिफल : नाम, दाम, इनाम, अवसर, आम्दानी, प्रेम र प्रतिष्ठाको दृष्टिले तपाईँको समय कस्तो चल्दैछ आज ?

बुधवारको राशिफल : नाम, दाम, इनाम, अवसर, आम्दानी, प्रेम र प्रतिष्ठाको दृष्टिले तपाईँको समय कस्तो चल्दैछ आज ?

अर्थ प्लस
बुधवारको राशिफल : नाम, दाम, इनाम, अवसर, आम्दानी, प्रेम र प्रतिष्ठाको दृष्टिले तपाईँको समय कस्तो चल्दैछ आज ?

आज मिति २०८३ साउन ६ गते तदनुसार २२ जुलाई २०२६ बुधवार, आषाढ शुक्लपक्ष अष्टमी तिथि, बिहान ७ बजेर ४८ बजेपछि नवमी, स्वाती नक्षत्र, चन्द्रराशि तुला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त र शुभचिन्तकको सहयोगले काम सफल हुनेछ। व्यापार, लगानी र आम्दानीका अवसर बढ्नेछन्। प्रेम सम्बन्ध सुदृढ बन्नेछ भने भेटघाट, मनोरञ्जन र यात्राले मन प्रसन्न रहनेछ। आफ्ना निर्णयमा विश्वास राख्नुहोस्। योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ। अनावश्यक बोलाइ र खर्चमा भने संयम अपनाउनु उचित हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लगानीबाट राम्रो लाभ मिल्नेछ भने स्वास्थ्यमा सुधार आउनेछ। परिवार, मावली र आफन्तको सहयोगले काम सहज बन्नेछ। अध्ययन, प्रेम र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय छ। रोकिएका काम पूरा हुनेछन्। ईर्ष्यालु व्यक्तिहरू पछि पर्ने भएकाले आत्मविश्वासका साथ अघि बढ्नु लाभदायी हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शिक्षा, व्यापार, कृषि र पशुपालनबाट लाभ मिल्नेछ। अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्दै अवसर, सम्मान वा पुरस्कार प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ भने नयाँ रोजगारी वा बढुवाको योग देखिन्छ। सन्तानको साथले उत्साह बढ्नेछ। सही निर्णय र निरन्तर मेहनतले लक्ष्यअनुसार सफलता प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवार र सम्पत्तिसम्बन्धी विषयमा सावधानी आवश्यक छ। स्वास्थ्य तथा पारिवारिक चिन्ताले मन अलमलिन सक्छ। कृषि र पशुपालनबाट भने लाभ मिल्नेछ। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा सफल हुनेछन्। आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्। पुराना सम्झौता नवीकरण हुँदा भविष्यमा फाइदा पुग्ने सम्भावना देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र दाम्पत्य सम्बन्ध थप बलियो बन्नेछ। व्यापार, उद्योग तथा वित्तीय कारोबारबाट राम्रो लाभ मिल्नेछ। सहयोगीको साथले रोकिएका काम पूरा हुनेछन्। समाजमा प्रतिष्ठा बढ्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। आत्मविश्वासका साथ अघि बढ्दा चुनौती पार गर्दै उल्लेखनीय सफलता हासिल गर्न सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीवन सुखद रहनेछ भने मित्र र सहयोगीको साथ प्राप्त हुनेछ। व्यापार, अध्ययन र पेशागत क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। नयाँ अवसर, धनलाभ तथा भौतिक सुविधा जुट्नेछन्। धार्मिक रुचि बढ्नेछ। बाँकी काम समयमै पूरा गर्नुहोस्। परिवारको साथ र संयमित जीवनशैलीले थप सफलता दिलाउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनीति, व्यापार र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक अवस्था बलियो बन्नेछ भने प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। नयाँ आम्दानीका स्रोत खुल्नेछन्। अध्ययन र काममा प्रगति हुनेछ। आफन्तसँग भेटघाटले खुसी मिल्नेछ। गोपनीय सूचना सुरक्षित राख्नुहोस्। मेहनतको उचित प्रतिफल प्राप्त हुने समय रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रा र सवारी प्रयोगमा सावधानी आवश्यक छ। प्रेममा दूरी र खर्च बढ्न सक्छ। वैदेशिक अवसर भने अनुकूल रहनेछन्। धैर्यका साथ अघि बढ्दा चुनौती पार गर्न सकिनेछ। परिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ। दौडधुपपछि दिगो लाभ दिने काम फेला पर्ने सम्भावना देखिन्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
व्यापार विस्तार, आम्दानी वृद्धि र नेतृत्वको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध विवाहतर्फ अघि बढ्न सक्छ। नयाँ व्यक्तिसँगको भेट र यात्राले लाभ दिलाउनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। मेहनतले जीवनशैली सुधार हुने र आर्थिक अवस्था मजबुत बन्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक प्रतिष्ठा र आत्मविश्वास बढ्नेछ। व्यापार, कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुनेछ। रोकिएका काम अघि बढ्नेछन्। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। परिवारको साथले काम सहज बन्नेछ। थोरै लगानीबाट पनि राम्रो लाभ मिल्ने सम्भावना भएकाले अवसरको सही उपयोग गर्नुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म, अध्यात्म र समाजसेवामा रुचि बढ्नेछ। व्यापारमा विशेष लाभ मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ भने साथीभाइसँग पुनः निकटता बढ्नेछ। प्रतिष्ठा र जिम्मेवारी दुवै बढ्ने समय छ। अवसरको सदुपयोग गर्दा उपलब्धि हासिल हुनेछ। यात्रा र सवारी प्रयोगमा भने आवश्यक सावधानी अपनाउनु उचित हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काममा ढिलाइ, आर्थिक दबाब र स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। प्रेम र पारिवारिक विषयमा गोपनीयता कायम राख्नुहोस्। यात्रा गर्दा सावधानी आवश्यक छ। चुनौतीपूर्ण जिम्मेवारी आए पनि नियमित काम पूरा हुनेछ। धैर्य, संयम र सही प्राथमिकताले कठिन परिस्थिति पार गर्दै सकारात्मक परिणाम दिलाउनेछ।

सम्बन्धित समाचार