आज वि.सं. २०८३ साउन ७ गते तदनुसार २३ जुलाई २०२६० बिहीवार, आषाढ शुक्लपक्ष नवमी तिथि, बिहान ८ बजेर ५० मिनेटपछि दशमी, विशाखा नक्षत्र, चन्द्रराशि तुला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज प्रेम, दाम्पत्य र पारिवारिक सम्बन्ध सुमधुर रहनेछन्। व्यापार, लगानी र शेयर बजारबाट आर्थिक लाभ मिल्ने योग छ। अध्ययनमा सफलता, नयाँ ज्ञान र आम्दानी वृद्धि हुनेछ। मनोरञ्जनात्मक यात्रा, मित्रसँगको भेट तथा भौतिक सुख–सुविधा प्राप्त हुने सम्भावना छ। आफ्नै निर्णयमा विश्वास राख्दा रोकिएका काम पनि सफल हुनेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यमा सहभागिता, परिवारको साथ र प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। नयाँ रोजगारी, पदोन्नति वा न्यायिक विषयमा सफलता मिल्ने सम्भावना छ। व्यापार, लगानी र शेयर बजारबाट लाभ मिल्नेछ। आलस्य त्यागी मेहनत गरे लक्ष्य प्राप्त हुनेछ। खर्चमा संयम अपनाउँदै गोपनीयता कायम राखे दिगो उपलब्धि हासिल हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अध्ययन, शिक्षण र बौद्धिक क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ। आम्दानी बढ्दा आर्थिक अवस्था सुदृढ हुनेछ। व्यापार, कृषि तथा पशुपालनबाट लाभ प्राप्त हुनेछ। सन्तानको प्रगति र आफन्तबाट सहयोग मिल्ने योग छ। नयाँ ज्ञान, सुखद समाचार र मेहनतले प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवार र घरेलु जिम्मेवारीमा व्यस्तता बढ्नेछ। घरजग्गा वा सवारी कारोबारबाट लाभ भए पनि अन्य व्यवसायमा मन्दी आउन सक्छ। आमाको स्वास्थ्य र खर्चमा ध्यान दिनुपर्ला। प्रेम सम्बन्ध सकारात्मक रहनेछ। आफन्तको भरमा नपरी धैर्यपूर्वक प्रयास गरे रोकिएका काम पूरा हुने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम, व्यापार र लगानीबाट उल्लेखनीय लाभ मिल्नेछ। साथीभाइको सहयोग, रोकिएका कामको पुनः सुरुआत र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। परिवारका इच्छा पूरा गर्न सकिनेछ। प्रशंसा, सम्मान र आर्थिक उन्नतिले आत्मविश्वास बढाउनेछ। उद्योग–व्यवसाय विस्तार र शत्रुमाथि विजय हासिल गर्ने अनुकूल समय रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार, लगानी र आम्दानीका क्षेत्रमा राम्रो प्रगति हुनेछ। अध्ययन, लेखन तथा अभिव्यक्तिमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुदृढ रहनेछ भने परिवार र कुटुम्बबाट सहयोग प्राप्त हुनेछ। अधुरा काम पूरा हुनेछन्। सम्मान, दिगो फाइदा र नयाँ सम्झौताको अवसर प्राप्त हुनेछ। यात्रामा भने सावधानी अपनाउनु उचित हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक प्रतिष्ठा, व्यापार र आर्थिक अवस्था मजबुत बन्नेछ। नयाँ प्रविधि र सिर्जनात्मक कार्यबाट आम्दानी बढ्नेछ। प्रेम सम्बन्ध, पारिवारिक मेलमिलाप र साथीभाइसँगको भेटघाट सुखद रहनेछ। नयाँ अवसर र प्रस्ताव प्राप्त हुने सम्भावना छ। विगतका कमजोरी सुधार्दै सफलताको नयाँ चरण सुरु हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विदेशसँग सम्बन्धित व्यापार, भाषा र अध्ययनबाट लाभ मिल्नेछ। लामो यात्रा र आर्थिक अवसरको योग रहेको छ। स्वास्थ्य सामग्री तथा औषधिजन्य व्यवसाय लाभदायी हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक सावधानी अपनाउनुहोस्। कानुनी समस्या निम्त्याउने कार्यबाट टाढा रहनु उचित हुनेछ। धैर्यले सफलता दिलाउनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अध्ययन, अनुसन्धान र प्रविधिमूलक कार्यमा उत्कृष्ट सफलता मिल्नेछ। व्यापार, साझेदारी र लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध बलियो बन्नेछ भने परिवारसँग रमाइलो समय बित्नेछ। अड्किएको रकम उठ्ने र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। नाम, दाम र प्रतिष्ठा बढ्ने अनुकूल समय रहेको छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कामका नयाँ प्रस्ताव, पदोन्नति र आर्थिक लाभको योग रहेको छ। मेहनतले प्रतिष्ठा र जिम्मेवारी बढाउनेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ भने सामाजिक कार्यबाट सम्मान प्राप्त हुनेछ। परिवारसँग मिलेर निर्णय गर्दा सफलता मिल्नेछ। लगानीबाट फाइदा हुने तथा भविष्यका लागि बलियो आधार तयार गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक, सिर्जनात्मक र धार्मिक कार्यमा सफलता प्राप्त हुनेछ। व्यापार, उद्योग र लगानीबाट राम्रो आम्दानी हुने सम्भावना छ। प्रेम, दाम्पत्य र पारिवारिक सम्बन्ध सुमधुर रहनेछन्। नयाँ योजना सफल बन्नेछ। मेहनतले जिम्मेवारी र सम्मान बढाउनेछ, तर आफ्नो उपलब्धिको श्रेय अरूले लिन सक्ने भएकाले सतर्क रहनुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्य, खर्च र व्यापारमा सावधानी अपनाउनुपर्ने दिन छ। पुराना समस्या दोहोरिन सक्छन् भने आम्दानी कमजोर रहन सक्छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्ने भएकाले संयम आवश्यक छ। अध्ययन र यात्राको अवसर भने सकारात्मक रहनेछ। घरेलु समस्या र धनहानिबाट बच्न सचेत भएर अघि बढ्नु उचित हुनेछ।
