Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

शुक्रवारको राशिफल : नाम, दाम, इनाम, प्रेम र प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

शुक्रवारको राशिफल : नाम, दाम, इनाम, प्रेम र प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

अर्थ प्लस
शुक्रवारको राशिफल : नाम, दाम, इनाम, प्रेम र प्रतिष्ठाका लागि तपाईँको समय कस्तो चल्दैछ आज ?

आज वि.सं. २०८३ साउन ८ गते तदनुसार ४ जुलाई २०२६ शुक्रवार, आषाढ शुक्लपक्ष दशमी तिथि, बिहान १० बजेर १८ मिनेटपछि एकादशी, अनुराधा नक्षत्र, चन्द्रराशि वृश्चिक।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज परिश्रमको फल ढिलो मिल्ने सम्भावना छ। काममा केही अवरोध आए पनि धैर्य राख्दा भविष्यका लागि सकारात्मक परिणाम देखिनेछ। स्वास्थ्य, सवारी साधन र गोप्य विषयमा विशेष सावधानी अपनाउनुहोस्। आर्थिक क्षेत्रमा सामान्य लाभ मिल्न सक्छ। परिवारसँग मतभेद हुन सक्ने भएकाले बोली र व्यवहारमा संयम राख्नु उपयुक्त हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज व्यापार, लगानी र अध्ययनका क्षेत्रमा राम्रो सफलता मिल्नेछ। धनलाभ, पारिवारिक खुसी र प्रेम सम्बन्धमा आत्मीयता बढ्ने योग छ। नयाँ अवसरले उत्साह थप्नेछ भने सम्मान र भौतिक सुख-सुविधा प्राप्त हुन सक्छ। यात्रा तथा नयाँ ज्ञानले भविष्यका लागि थप सम्भावना खोल्ने संकेत देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज विवाद, ठगी र अनावश्यक प्रतिस्पर्धाबाट टाढा रहनु राम्रो हुनेछ। मेहनत र धैर्यले दिगो लाभ हुने काम सुरु गर्न सकिनेछ। गोपनीय विषयमा सावधानी अपनाउनुहोस्। व्यापारमा अपेक्षाभन्दा कम लाभ भए पनि भविष्यका लागि अवसर बन्नेछ। कानुनी तथा आर्थिक निर्णय सोचविचार गरेर गर्नु उपयुक्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अध्ययन, प्रतिस्पर्धा र सेवामूलक कार्यमा सफलता मिल्नेछ। शुभचिन्तक र परिवारको सहयोगले लक्ष्य हासिल गर्न सहज हुनेछ। सन्तानको प्रगतिले खुसी मिल्नेछ भने नयाँ काम सुरु गर्ने अवसर पनि प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपिनमा ध्यान दिनुहोस्। आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज प्रेम र पारिवारिक सम्बन्धमा केही तनाव आउन सक्छ। साझेदारीका काममा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा छातीसम्बन्धी समस्या देखिन सक्ने भएकाले लापरवाही नगर्नुहोस्। कृषि तथा पशुपालनबाट लाभ मिल्ने संकेत छ। परिवारको साथले केही अप्ठ्यारा परिस्थिति सहज रूपमा पार गर्न सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज साहस, आत्मविश्वास र लगनले उल्लेखनीय सफलता दिलाउनेछ। व्यापार, उद्योग, शेयर तथा लगानीबाट राम्रो लाभ मिल्ने सम्भावना छ। प्रतिस्पर्धीलाई पछि पार्दै सम्मान र उपहार प्राप्त हुन सक्छ। परिवारको साथ र सही निर्णयले नयाँ अवसर सिर्जना हुनेछ। आर्थिक अवस्था थप सुदृढ बन्ने संकेत छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज व्यापार र आर्थिक गतिविधिबाट लाभ मिल्ने सम्भावना छ। परिवारसँगको सहकार्य फलदायी हुनेछ। बोली–व्यवहारमा संयम अपनाउनुहोस् र अनावश्यक विवादबाट टाढा रहनुहोस्। कर्जा वा उधारो कारोबारमा सावधानी आवश्यक छ। नियमित काममा भने राम्रो प्रगति हुनेछ। सामाजिक क्षेत्रमा पनि सम्मान बढ्ने संकेत छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक अवस्था सन्तोषजनक रहनेछ र प्रतिष्ठा बढ्ने सम्भावना छ। परिवार र साथीभाइसँग भेटघाट भए पनि अपेक्षित सहयोग नपाउन सकिन्छ। मेहनतको फल ढिलो मिल्न सक्छ। व्यापारबाट आवश्यक लाभ हुनेछ। पेटसम्बन्धी समस्या आउन सक्ने भएकाले खानपिनमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज खर्च बढ्ने र काममा अपेक्षित उपलब्धि नआउने सम्भावना छ। स्वास्थ्य र आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस्। विदेश, यात्रा वा आयात–निर्यातसम्बन्धी कामबाट लाभ मिल्न सक्छ। परिवारसँग दूरी बढ्न सक्ने भएकाले सम्बन्धमा ध्यान दिनुहोस्। धैर्य र निरन्तर प्रयासले परिस्थिति सुधार हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आम्दानीका नयाँ स्रोत खुल्नेछन्। व्यवसाय, लगानी र पारिवारिक सहयोगबाट राम्रो लाभ मिल्ने सम्भावना छ। प्रेम सम्बन्ध सुदृढ हुनेछ भने नयाँ योजना सफल बन्ने संकेत छ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। आर्थिक अवस्था मजबुत हुँदै दिगो काम सुरु गर्ने अवसर मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज कार्यक्षेत्रमा प्रतिष्ठा, सम्मान र नेतृत्व प्राप्त हुने सम्भावना छ। व्यापार, वित्तीय लगानी तथा अध्ययनमा सफलता मिल्नेछ। प्रभावशाली व्यक्तिसँग सहकार्यको अवसर प्राप्त हुनेछ। सामाजिक जिम्मेवारी बढ्न सक्छ। मेहनतले नाम, दाम र इनाम दिलाउने दिन भएकाले अवसरको भरपूर उपयोग गर्नुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज भाग्यले राम्रो साथ दिनेछ। शिक्षा, धार्मिक कार्य, लगानी र सामाजिक क्षेत्रमा उल्लेखनीय सफलता मिल्ने सम्भावना छ। टाढिएका साथीभाइसँग भेटघाट हुन सक्छ। आवश्यक सहयोग समयमै प्राप्त हुनेछ। प्रतिष्ठा, धनलाभ र सम्मान बढ्ने योग भएकाले नयाँ काम सुरु गर्न दिन अनुकूल रहनेछ।

सम्बन्धित समाचार