Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन

नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन

अर्थ प्लस
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन

काठमाडौं ।  नेपाल स्काउटका देशभर रहेका सबै तहका परिषद् तथा कार्यकारी समितिहरू विघटन गरिएको छ । 

नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलकाे निर्णयअनुसार यी समितिहरू खारेज गरिएको हो ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले  एक सूचना जारी गर्दै मिति २०८३ साल श्रावण ५ गतेको निर्णयअनुसार राष्ट्रिय परिषद्, प्रदेश परिषद् र स्थानीय परिषद्का साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको छ । नेपाल स्काउटको संरचनालाई नयाँ ढङ्गले अगाडि बढाउन र संगठनलाई थप सुदृढ बनाउन यो कदम चालिएको बुझिएको छ । 

सम्बन्धित समाचार