Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

आइतबारको राशिफल : आजको दिन तपाईँको लागि कत्तिको लाभदायी रहला ?

आइतबारको राशिफल : आजको दिन तपाईँको लागि कत्तिको लाभदायी रहला ?

अर्थ प्लस
आइतबारको राशिफल : आजको दिन तपाईँको लागि कत्तिको लाभदायी रहला ?

आज मिति वि.सं. २०८३ साउन १० गते तदनुसार २६ जुलाई २०२६ आइतवार, आषाढ शुक्लपक्ष द्वादशी तिथि, दिउँसो २ बजेर ४ मिनेटपछि त्रयोदशी, ज्येष्ठा नक्षत्र, बिहान ८ बजेर ५० मिनेटपछि मूल। चन्द्रराशि वृश्चिक, बिहान ८ बजेर ५० मिनेटपछि धनु।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको प्रभाव, सहयोगीको साथ र भाग्यको साथले महत्वपूर्ण काम सफल हुने संकेत छ। करियरमा विश्वासिलो सुझाव लाभदायी बन्नेछ। प्रतिष्ठा, जिम्मेवारी र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। टाढिएका साथीभाइ नजिकिनेछन्। एकाग्र भएर काम गर्दा उपलब्धि बढ्नेछ। समाजसेवा र ज्ञान बाँड्दा थप शुभफल प्राप्त हुनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परोपकारी भावना, अध्ययन र अनुसन्धानमा प्रगति हुने दिन छ। चुनौतीपूर्ण जिम्मेवारी, कार्यचाप र स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। आकस्मिक समस्याले दौडधुप गराए पनि सहयोगीको साथले काम पूरा हुनेछ। बाहिरी काममा व्यस्तता बढ्नेछ। सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ। गोपनीयता जोगाएर अघि बढ्दा लाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक जिम्मेवारी बढे पनि प्रियजनको साथले आत्मबल बढ्नेछ। धैर्यपूर्वक अघि बढ्दा प्रेम, मित्रता र व्यापारमा सफलता मिल्नेछ। आम्दानीका नयाँ अवसर खुल्नेछन्। घुमफिर, मनोरञ्जन र यात्राबाट लाभ हुनेछ। भौतिक सुविधा बढ्ने संकेत छ। साथीभाइको साथले उत्साह थपिनेछ। सोचेर निर्णय गर्दा परिणाम अझ राम्रो रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका कामले गति लिनेछन् भने धार्मिक, सामाजिक तथा सेवामूलक कार्यमा रुचि बढ्नेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। मिहिनेतले अधिकार र उपलब्धि दिलाउनेछ। दिगो फाइदा हुने योजना अघि बढ्नेछ। खानपानमा ध्यान दिनु उचित हुनेछ। आत्मविश्वासले कठिन परिस्थिति सहज रूपमा पार गराउनेछ। अवसरको सदुपयोग गर्नुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा उत्कृष्ट सफलता प्राप्त हुने दिन छ। अध्ययन, व्यापार, कृषि र पशुपालनमा लाभ मिल्नेछ। सन्तान तथा विश्वासिलो व्यक्तिको साथले उत्साह बढ्नेछ। मीठो बोलीले सम्बन्ध सुधार हुनेछ। यात्राबाट फाइदा मिल्ने सम्भावना छ। लक्ष्यअनुसार समयमै काम पूरा हुनेछ। पुरस्कार, प्रशंसा र अवसर प्राप्त हुने योग बलियो छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइ, आफन्त र सहयोगीको साथले महत्वपूर्ण काम सहज बन्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने वैदेशिक योजनामा प्रगति हुनेछ। साझेदारीका समस्या समाधान हुँदै दिगो योजना अघि बढ्नेछ। रोकिएका काममा पुनः प्रयास गर्दा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो बन्ने संकेत छ। विश्राम र स्वास्थ्यमा पनि ध्यान दिनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन केही अस्थिर रहे पनि नयाँ सोच र अवसरले उत्साह बढाउनेछ। गोपनीय योजना सोचविचारका साथ अघि बढाउनु राम्रो हुनेछ। उद्योग, व्यापार र नयाँ काममा सफलता मिल्नेछ। सहयोगीको साथ, उपहार तथा प्रतिफल प्राप्त हुने योग छ। आत्मविश्वासका साथ निर्णय गर्दा प्रतिष्ठा र उपलब्धि दुवै बढ्नेछन्। चुनौती पार हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना साथीसँग पुनर्मिलन, प्रेममा आत्मीयता र व्यापारमा राम्रो लाभ मिल्ने दिन छ। पहिलेको मेहनतको प्रतिफल प्राप्त हुनेछ। दिगो योजना सफल बन्नेछ। अध्ययन, लोकप्रियता र आर्थिक लाभका अवसर बढ्नेछन्। भौतिक सुविधा जुट्नेछ। अनावश्यक चिन्ता त्यागेर सही काममा समय खर्च गर्दा सफलता हात लाग्नेछ। उत्साह बढ्दै जानेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
भाग्यले साथ दिने भएकाले नयाँ अवसर, सम्मान र आम्दानीका स्रोत प्राप्त हुनेछन्। परिवारमा खुसी बढ्नेछ। अध्ययनमा प्रगति र मिहिनेतको राम्रो प्रतिफल मिल्नेछ। आफन्तसँग भेटघाट तथा रमाइलो जमघट हुनेछ। गोपनीय सूचना सुरक्षित राख्नु आवश्यक छ। नयाँ अनुभवले आत्मविश्वास बढाउनेछ। उत्साहका साथ काम अघि बढाउनुहोस्। 

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। साथीभाइको सहयोगले चुनौती पार गर्दै रोकिएका काम पूरा हुनेछन्। खर्च बढ्न सक्छ तर दीर्घकालीन फाइदा हुने योजना फेला पर्नेछ। आर्थिक प्रलोभनबाट सावधान रहनुहोस्। अवसरका लागि केही दौडधुप आवश्यक हुनेछ। पुराना योजना पुनः अघि बढाउने समय अनुकूल छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलचाल र आर्थिक निर्णयमा सावधानी आवश्यक छ। नयाँ अवसर, आम्दानीका स्रोत र आवश्यक साधन जुट्ने सम्भावना छ। साथीभाइसँगको भेटले मन प्रफुल्लित हुनेछ। नयाँ काम सुरु गर्न समय अनुकूल भए पनि योजना गोप्य राख्नु उचित हुनेछ। व्यापारमा सामान्य मन्दी देखिन सक्छ। उत्साहले सफलता दिलाउनेछ। सोचेर लगानी गर्नुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सीप, अनुभव र मिहिनेतका आधारमा महत्वपूर्ण सफलता प्राप्त हुनेछ। नयाँ लगानी, व्यापार र दैनिक काममा राम्रो लाभ मिल्नेछ। परिवारमा शुभ समाचार आउने सम्भावना छ। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। रोकिएका काम दोहोर्याएर गर्दा सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा र वर्चस्व बढ्ने योग बलियो देखिन्छ।

सम्बन्धित समाचार