Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सोमवारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

सोमवारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

अर्थ प्लस
सोमवारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

आज वि.सं. २०८३ साउन ११ गते तदनुसार २७ जुलाई २०२६ सोमवार, आषाढ शुक्लपक्ष त्रयोदशी तिथि, अपरान्ह ४ बजेर ५ मिनेटपछि चतुर्दशी, मूल नक्षत्र, बिहान ११ बजेर २७ मिनेटपछि पूर्वाषाढा, चन्द्रराशि धनु।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक, धार्मिक र परोपकारी कार्यमा सक्रियता बढ्नेछ। व्यापार, शेयर तथा दीर्घकालीन लगानीबाट लाभको सम्भावना छ। अध्ययन, अनुसन्धान र राजनीतिमा सफलता मिल्नेछ। प्रेम, दाम्पत्य र पारिवारिक सम्बन्ध सुखद रहनेछन्। आर्थिक कारोबारमा सावधानी अपनाउनुहाेला। मिहिनेतले प्रतिष्ठा, सम्मान र नयाँ अवसर दिलाउनेछ। दिगो योजनामा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफन्तसँग मनमुटाब, खर्च वृद्धि र स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। व्यापार, अध्ययन र प्रेममा केही चुनौती आउन सक्छन्। सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोस्। साझेदारीबाट लाभ मिल्ने संकेत छ। धैर्य, बुद्धि र मेहनतले रोकिएका काम बन्नेछन्। उठ्नुपर्ने रकम प्राप्त हुने तथा समस्याको समाधान सम्भव हुनेछ। सामाजिक सक्रियता बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साझेदारी, प्रेम र दाम्पत्यमा मतभेद आउन सक्छ। अध्ययनमा एकाग्रता आवश्यक हुनेछ। गोप्य योजना सफल बन्नेछ भने अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुन्छ। छोटो समयमा उपलब्धि प्राप्त हुनेछ। परिवारको साथ, अध्ययन, लेखन तथा सेवामूलक कार्यमा प्रगति हुनेछ। धैर्य र विवेकले चुनौती सहजै पार गर्न सकिनेछ। सम्मान बढ्ने संकेत छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन, प्रतिस्पर्धा र कानुनी विषयमा सफलता मिल्नेछ। लामो यात्रा फलदायी बन्नेछ। प्रेम, दाम्पत्य र पारिवारिक सम्बन्ध थप सुदृढ हुनेछन्। नयाँ अवसर प्राप्त हुने तथा रोकिएका काम पूरा हुने सम्भावना छ। आत्मविश्वास र पुरुषार्थले शत्रुमाथि विजय दिलाउनेछ। खर्च भए पनि दीर्घकालीन लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिष्ठा बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार, वित्तीय क्षेत्र र अध्ययनमा उल्लेखनीय सफलता मिल्नेछ। सन्तान तथा वरिष्ठको सहयोगले आम्दानी बढ्नेछ। प्रेम सम्बन्ध अनुकूल रहनेछ। बौद्धिक कार्यक्रममा सहभागिताको अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्य पूरा हुनेछ र प्रतिष्ठा बढ्नेछ। गोपनीयता कायम राख्नु आवश्यक छ। हल्लाको पछि लाग्दा अनावश्यक समस्या आउन सक्छ। शुभ समाचारले उत्साह थप्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
राजनीति र समाजसेवामा मिश्रित प्रतिक्रिया पाइए पनि कृषि तथा पशुपालनबाट राम्रो लाभ मिल्नेछ। विश्वासपात्रबाट धोका र पारिवारिक मनमुटाब हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। नयाँ सोच, प्रविधि र रचनात्मक काममा सफलता मिल्नेछ। मान्यजनको सुझाव मान्दा फाइदा हुनेछ। धैर्यले दिगो उपलब्धि दिलाउनेछ। शुभचिन्तकको साथ उपयोगी बन्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साहस, पराक्रम र आत्मविश्वासले महत्त्वपूर्ण सफलता दिलाउनेछ। न्यायिक, साहित्यिक, व्यापारिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुखद रहनेछ। आध्यात्मिक रुचि बढ्नेछ। सेवामूलक कार्यबाट सम्मान, आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ। आफन्तको साथ मिल्नेछ। मिहिनेतले जटिल काम पनि सफलतापूर्वक सम्पन्न हुनेछ। नयाँ अवसरले भविष्यमा सफलता मिल्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धि, वाणी र व्यवहारले प्रशंसा तथा सम्मान प्राप्त हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। अध्ययन, कला, संगीत र लगानीमा सफलता मिल्नेछ। नयाँ काम तथा रोकिएका कार्य पूरा हुने सम्भावना छ। आम्दानीका स्रोत विस्तार हुनेछन्। उपलब्धिको श्रेय अरूले लिन खोज्न सक्छन्, त्यसैले आफ्नो हितमा सजग रहनु आवश्यक हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समाजमा प्रतिष्ठा बढ्नेछ भने व्यापार, शेयर र नयाँ प्रविधिबाट आम्दानी वृद्धि हुनेछ। प्रेम, दाम्पत्य र पारिवारिक सम्बन्ध सुमधुर रहनेछन्। राजनीतिमा पद प्राप्तिको सम्भावना छ। अध्ययन र रचनात्मक कार्यमा सफलता मिल्नेछ। स्वादिष्ट भोजन, सम्मान र नयाँ अवसर प्राप्त हुनेछन्। मित्रता तथा सहयोगीको साथ बलियो बन्नेछ। आत्मविश्वास बढ्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
खर्च र स्वास्थ्यसम्बन्धी चुनौती देखिन सक्छ। अध्ययन र व्यापारमा बढी मेहनत आवश्यक हुनेछ। विदेश यात्रा वा विदेशसँग सम्बन्धित काममा अवसर मिल्नेछ। नेतृत्व क्षमता बढ्नेछ। आकस्मिक खर्चले आर्थिक दबाब आउन सक्छ। सोचविचार गरेर लगानी गर्नु उचित हुनेछ। तत्काल लाभ नदेखिए पनि भविष्यका लागि प्रयास फलदायी बन्नेछ। धैर्य आवश्यक हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुखद समाचारले उत्साह बढ्नेछ। अध्ययन, व्यापार, साझेदारी र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। रोकिएका काम सम्पन्न हुनेछन्। प्रेम र मित्रता सुदृढ बन्नेछ। विश्लेषण क्षमता र अनुशासनले राम्रो परिणाम दिलाउनेछ। थोरै लगानीबाट पनि नाफा प्राप्त हुनेछ। आयका स्रोत विस्तार हुने र नयाँ योजना सफल हुने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
राजनीति, समाजसेवा, अध्ययन र व्यवसायमा उल्लेखनीय सफलता मिल्नेछ। नयाँ जागिर, पदोन्नति वा लगानीबाट राम्रो आम्दानी हुने सम्भावना छ। सम्बन्धमा मधुरता बढ्नेछ। प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। चुनौती पार गर्दै नयाँ काम सुरु गर्न सकिनेछ। भूमि, प्राकृतिक स्रोत तथा पशुधनबाट लाभ मिल्नेछ। परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ।

सम्बन्धित समाचार