Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सहकारी प्रकरण टुंगो लगाउन कानुनमन्त्रीसँग कार्यदलको बैठक

सहकारी प्रकरण टुंगो लगाउन कानुनमन्त्रीसँग कार्यदलको बैठक

अर्थ प्लस
सहकारी प्रकरण टुंगो लगाउन कानुनमन्त्रीसँग कार्यदलको बैठक

काठमाडौं, ६ जेष्ठ । सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक सुरू भएको छ । सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन कानुनमन्त्रीको कार्यकक्षमा बैठक

कार्यक्षेत्रको टुंगो लागेर समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको नियमित कार्यसूचीमा प्रवेश गर्न दिने विपक्षी दलहरूले निर्णय गरेका छन् । संसद् भवनमा विपक्षी दलको बैठकपछि कार्यादलमा रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि कानुनमन्त्रीको कार्यकक्षमा भइरहेको बैठकमा पुगेका छन् ।

छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई विपक्षीले आग्रह गरेका छन् । विपक्षी बैठकपछि राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाही सभामुखको कार्यकक्षमा गएर बैठक अघि नबढाउन आग्रह गरेका थिए । ११ बस्ने भनिएको बैठक कतिबेर बस्ने अनिश्चित भएको छ ।

सम्बन्धित समाचार