Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सका इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सका इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट

अर्थ प्लस
सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सका इलेक्ट्रोनिक सामानमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रालि (नेओटेरिक नेपाल), झम्सिखेलबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नियो भर्सका विभिन्न इलेक्ट्रोनिक सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार गर्न तथा डिजिटल माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई प्रोत्साहन गर्न समय–समयमा विभिन्न ग्राहकमैत्री योजना सञ्चालन गर्दै आएको जनाएको छ। डिजिटल कारोबारमा उपलब्ध छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले हालै विभिन्न डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। साथै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याइसकेको छ।

त्यसैगरी, बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउनुका साथै क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त सिटिजन्स बैंकले हाल देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४८ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार