Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सुर्खेतमा जिप दुर्घटना हुँदा १५ जना घाइते

सुर्खेतमा जिप दुर्घटना हुँदा १५ जना घाइते

अर्थ प्लस
सुर्खेतमा जिप दुर्घटना हुँदा १५ जना घाइते

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका-५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका आठ जनाको माया नर्सिङ होम, सुर्खेत र पाँच जनाको स्थानीय मेडिकल, दशरथपुर (सुर्खेत) मा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त जिपलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार