Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

अर्थ प्लस
कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

काठमाडौँ / कुमारी बैंक लिमिटेडले आफ्नो परिवार सुरक्षा बचत खाताअन्तर्गत लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकको गौमुल शाखाले श्रीमती बनादेवी बोहरालाई उक्त रकम उपलब्ध गराएको हो।

उनका श्रीमानको दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि बैंकले बीमा दाबी रकम हस्तान्तरण गरेको जनाएको छ। यसले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। 

बैंकका अनुसार परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक सहारा प्रदान गर्नुका साथै भविष्यप्रतिको आर्थिक सुरक्षा भावना पनि बलियो बनाउने अपेक्षा गरिएको छ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता योजनाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने बैंकको विश्वास छ।

हाल कुमारी बैंकले देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत लाखौं ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 

बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै ग्राहकको वित्तीय सुरक्षालाई थप मजबुत बनाउने विभिन्न निक्षेप, बीमा तथा बैंकिङ सेवा सञ्चालन गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार