Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि ५ जनाको नाम सर्टलिस्ट,को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि ५ जनाको नाम सर्टलिस्ट,को–को परे ?

अर्थ प्लस
राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि ५ जनाको नाम सर्टलिस्ट,को–को परे ?

काठमाण्डौ, जेठ ७ । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि  ५ जना उम्मेदवारहरु सर्टलिस्टमा परेका छन् । बैंकको सीईओ नियुक्तीका लागि सिफारिस गर्न गठित सीईओ नियुक्ती सिफारिस उप समितिको जेठ ६ गते बसेको बैठकले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।  

सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल,  प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका छन् । बैंकले गत वैशाख ७ गते रिक्त रहेको सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त आवेदन दिएका आवेदकमध्येबाट उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र व्यवसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ५ जना उम्मेदवारलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनौट गरिएको हो । 

सर्टलिस्टमा परेका ५ जना उम्मेदवारहरूका लागि प्रस्तुतीकरण र अन्तरवार्ताको स्थान र मिति समेत तोकिएको छ । उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तरवार्ता आगामी जेठ ९ गते राष्ट्रिय वाणिज्य बैंकको कार्यालय सिंहदरबार प्लाजामा रहेको सञ्चालक समितिको कार्यालयमा हुनेछ । व्यवसायिक कार्ययोजना प्रस्तुतीकरणमा  उम्मेदवारले आवेदनको बखत प्रयोग गरेको पेनड्राइभ प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । प्रस्तुतीकरणको समय ३० मिनेटको हुनेछ ।  

५ जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनको आधारमा  सञ्चालक समितिले एक जनालाई सीईओ नियुक्त गर्नेछ । 

 

सम्बन्धित समाचार