Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, पक्षमा १५७ मत, विपक्षमा शून्य मत

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, पक्षमा १५७ मत, विपक्षमा शून्य मत

अर्थ प्लस
प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, पक्षमा १५७ मत, विपक्षमा शून्य मत

काठमाण्डौ, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् ।

उनले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत पाएका हुन् ।

संसदमा १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो  प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए तर विपक्षीहरुले मत नहालेकाले सो प्रस्तावको विपक्षमा शून्य मत परेको थियो । 

संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मंगलबार ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

 

सम्बन्धित समाचार