Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

अर्थ प्लस
अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त पैसा (तरलता) व्यवस्थापन गर्न आज ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकले १७५ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ खिच्न लागेको हो । यसका लागि आज भदौ ५ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ ।

यस निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । संकलित रकमको साँवा र ब्याज २०८३ माघ २९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ राख्नुपर्नेछ । त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी बढीमा ८५ अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले आफूले राख्न चाहेको रकमसँगै माग गरेको ब्याजदर पनि उल्लेख गर्नुपर्नेछ ।

राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरमा आएका बोललाई पहिलो प्राथमिकता दिनेछ । यसरी क्रमशः बाँडफाँट गर्दै कुल ८५ अर्ब रुपैयाँ संकलन गरिनेछ । एउटै ब्याजदरमा आएको बोलको रकम ८५ अर्बभन्दा बढी भएमा समानुपातिक रूपमा रकम बाँडफाँट गरिनेछ ।

राष्ट्र बैंकका अनुसार यसरी जम्मा गरिएको रकम बैंक तथा वित्तीय संस्थाको लगानीका रूपमा गणना हुनेछ । त्यसैले यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्न भने यो रकम गणना गर्न सकिनेछ ।

सम्बन्धित समाचार