Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

स्थानीय र पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव : बिहीबारसम्म कस्तो रहला देशभरको मौसम ?

स्थानीय र पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव : बिहीबारसम्म कस्तो रहला देशभरको मौसम ?

अर्थ प्लस
स्थानीय र पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव : बिहीबारसम्म कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ, जेठ ८ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

हाल देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

मङ्गलबार दिउँसो देशभर बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको छ। 

बुधबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। 

कोशी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

बिहीबार दिउँसो देशभर बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

 

सम्बन्धित समाचार