Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

मलेशियाले अझै केहि समय विदेशी कामदार नलैजाने, प्रत्यक्ष असर नेपाली कामदारलाई

मलेशियाले अझै केहि समय विदेशी कामदार नलैजाने, प्रत्यक्ष असर नेपाली कामदारलाई

अर्थ प्लस
मलेशियाले अझै केहि समय विदेशी कामदार नलैजाने, प्रत्यक्ष असर नेपाली कामदारलाई

काठमाडौँ, जेठ ८ । मलेशिया सरकारले अब केहि समयका लागि विदेशी कामदार नभित्र्याउने बताएको छ ।

नयाँ कामदार भर्नाका लागि आवेदन नलिने म्याद लम्ब्याउने निर्णय गरेको गृहमन्त्री दातुक श्री सैफुद्दिनले बताएका छन। तर कहिलेसम्म लम्ब्याउने भन्ने उनले खुलाएका छैनन्। 

उनले मलेशियामा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको १ करोड ७१ लाख श्रमशक्तिको १५ प्रतिशतभन्दा बढी हुन नहुने एक पत्रकार सम्मेलनामा बताएका छन् ।

मलेशियाको कुल श्रमशक्तिको १५ प्रतिशत मात्रै विदेशी कामदार राख्ने नीति छ । विदेशी कामदारका लागि तोकिएको कोटा पूरा हुन लागेकाले थप कामदार नलिने नीति अघि सारेको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उक्त राष्ट्रले  २०२३ मार्चदेखि नै विदेशी कामदारको भर्नामा रोक लगाएको छ। सरकारले यो सिमा भने आगामी डिसेम्बरको अन्त्यसम्म पुग्ने अपेक्षा छ। तर त्यहाँको निजी क्षेत्रले भने श्रमिक अभावका कारण ठूलो नोक्सानी हुने भन्दै यस्तो निर्णय सच्याउन माग गर्दै आएका छन् ।

सरकारको उक्त निर्णयले मलेशियाको उत्पादन उद्योगमा गहिरो असर पर्ने भन्दै त्यहाँका उद्योगीहरूले त्यसमा पुनर्विचार गर्न माग पनि गरेका छन्।

त्यहाँका सरकारले कम्पनीको पुनरूत्थान गर्न नयाँ श्रमिक भर्ना प्रक्रयामा रोक लगाउनु  परेको बताउँदै आएको छ । यसका कारण नेपालीहरु पनि अबको केहि वर्षसम्म मलेसियामा जान पाउने छैनन् । मलेशिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक श्रम गन्तव्य पनि हो। यो मुलुकमा श्रमिक जान नपाउँदा अबसरसँगै रेमिटेन्समा पनि असर पुग्ने व्यवसायीहरू बताउँछन्। 

मलेशिया सरकारको यस्तो खालको नीति कायमै रहेमा उक्त देश जान चाहने हजारौं नेपाली कामदारलाई प्रभावित पार्ने नेपालस्थित वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन्।

मलेशियाले नेपालसहित बंगलादेश, फिलिपिन्स,इन्डोनेशिया,भियतनामलगायतका विभिन्न मुलुकबाट आप्रवासी श्रमिक लैजाँदै आएको छ। 

 

सम्बन्धित समाचार