Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कुन मन्त्रीको सहकारीमा कति रकम ?

कुन मन्त्रीको सहकारीमा कति रकम ?

अर्थ प्लस
कुन मन्त्रीको सहकारीमा कति रकम ?

काठमाडौँ, जेठ ८ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सबैको सम्पत्ति विवरण सार्वजनिक भएको हो।

भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्थाअनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर सार्वजनिक गरिएको हो।

मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार विभिन्न चार मन्त्रीको सहकारीमा समेत सम्पत्ति रहेको छ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सिनर्जी कोअपरेटिभ लिमिटेडमा १८ लाख ४१ हजार र उनकी श्रीमती सृष्टी सिंहको नाममा २५ लाख रुपैयाँ गरी ४३ लाख ४१ हजार रुपैयाँ रहेको छ।

श्रममन्त्री डोलप्रसाद अर्यालको जनसहकारीमा १ करोड १५ लाख र श्रीमती अम्बिका केसीको सोही सहकारीमा १५ लाख रुपैयाँ रहेको छ।

यसैगरी जनसागर सहकारीमा अर्यालको नाममा १० हजार कित्ता, श्रीमती केसीको नाममा सुवर्णभूमि सहकारी १ हजार कित्ता र संयम सहकारीमा २ हजार कित्ता सेयर रहेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको सिनर्जी बचत तथा श्रण सहकारी लिमिटेडमा ५० लाख र श्रीमती बसुन्धरा पौडेल अधिकारीको सोही सहकारीमा २ लाख रुपैयाँ रहेको छ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ रहेको छ।

 

सम्बन्धित समाचार