Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कृषिमन्त्री साहको बैंकमा ३० हजार, अधिकांश सम्पत्ति श्रीमानको नाममा

कृषिमन्त्री साहको बैंकमा ३० हजार, अधिकांश सम्पत्ति श्रीमानको नाममा

अर्थ प्लस
कृषिमन्त्री साहको बैंकमा ३० हजार, अधिकांश सम्पत्ति श्रीमानको नाममा

काठमाडौँ, जेठ ८ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार मन्त्री साहको तलब बाहेक अधिकांश सम्पत्ति श्रीमानको नाममा भएको देखिन्छ ।

मन्त्री साहको बाराको कलैया उपमहानगरपालिकामा पुर्ख्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा रहेको देखिन्छ ।

उनको श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा-५० कठ्ठा पुर्ख्यौली सम्पत्ति रहेको देखिन्छ । यसैगरी बजगाईंकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको देखिन्छ ।

मन्त्री साहको सुन १० तोला, चाँदी २५ तोला पुर्ख्यौली सम्पत्तिको रुपमा रहेको उल्लेख छ ।

बैंकमा उनको ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमानको खातामा हालेको १० हजार रुपैयाँ मात्रै रहेको विवरणमा उल्लेख छ । मन्त्री साहको सवारीसाधन तथा पशुपन्छी भने देखिँदैन ।

४ कठ्ठामा बनेको अढाइ तल्लाको घर अंशबन्डाबाट प्राप्त भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

 

सम्बन्धित समाचार