Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

प्रभु बैंकका ग्राहकलाई ‘रुस्काज् ब्युटी स्टुडियो’ मा २० प्रतिशतसम्म छुट

प्रभु बैंकका ग्राहकलाई ‘रुस्काज् ब्युटी स्टुडियो’ मा २० प्रतिशतसम्म छुट

अर्थ प्लस
प्रभु बैंकका ग्राहकलाई ‘रुस्काज् ब्युटी स्टुडियो’ मा २० प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको कमलादीस्थित रुस्काज् ब्युटी स्टुडियोमा विभिन्न सौन्दर्य सेवामा छुट पाउने भएका छन् ।

यसका लागि प्रभु बैंक र रुस्काज् ब्युटी स्टुडियोबीच समझदारी भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले ५ देखि २० प्रतिशतसम्म र कर्मचारीले ५ देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

छुटअन्तर्गत कपाल काट्ने, थ्रेडिङ, फेसियल, छालाको उपचार, हेयर केमिकल, म्यानिक्योर, पेडिक्योर, व्याक्सिङ र मेकअप प्याकेजलगायतका सेवाहरू समेटिएका छन् । साथै, सौन्दर्यसम्बन्धी तालिम तथा कस्मेटिक र स्किन केयर उत्पादनमा समेत छुट उपलब्ध हुनेछ ।

सम्झौतामा रुस्काज् ब्युटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्काज वैद्य श्रेष्ठ र प्रभु बैंकका बागमती प्रदेश प्रमुख प्रचिती श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

छुट सुविधा लिन बैंकका ग्राहकले मान्य डेबिट वा क्रेडिट कार्ड तथा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ । बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्र देखाउनुपर्नेछ ।

सम्बन्धित समाचार