Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

१८ सयले घट्यो सुनको भाउ

१८ सयले घट्यो सुनको भाउ

अर्थ प्लस
१८ सयले घट्यो सुनको भाउ

काठमाडौँ, जेठ १० । आज बिहिबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । हिजो बुधबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सयर रुपैयाँमा कारोबर भइरहेको छ । 

त्यस्तै, आज तेजावी सुनको भाउ पनि १८ सय रुपैयाँले नै घटेको छ। यो दिन तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको  छ ।

यो दिन चाँदीको भाउ भने ३५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । यस दिन चाँदी तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १८ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९९ रुपैयाँ तोकेको छ ।

 

सम्बन्धित समाचार