Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

दराजमा १,९९९ को सामान किन्दा महालक्ष्मी विकास बैंकका कार्डवाहकलाई सोमबार विशेष छुट

दराजमा १,९९९ को सामान किन्दा महालक्ष्मी विकास बैंकका कार्डवाहकलाई सोमबार विशेष छुट

अर्थ प्लस
दराजमा १,९९९ को सामान किन्दा महालक्ष्मी विकास बैंकका कार्डवाहकलाई सोमबार विशेष छुट

काठमाडौँ / महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबारलाई बढावा दिन ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका डेबिट कार्ड लिएका ग्राहकले दराज नेपालमार्फत न्यूनतम रु. १,९९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु. ७५० सम्मको छुट प्राप्त गर्नेछन् । त्यस्तै, क्रेडिट कार्ड लिएका ग्राहकले न्यूनतम रु. १,९९९ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. १,००० सम्मको छुट पाउनेछन् ।

यो योजना हरेक सोमबार मात्र लागू हुनेछ । छुट सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा उपलब्ध हुने भएकाले ग्राहकले हरेक सोमबार समयमै यस योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यस प्रकारको योजनामार्फत बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएको छ । साथै, दैनिक कारोबारमा ग्राहकलाई थप सुविधा, बचत तथा मूल्य अभिवृद्धि प्रदान गर्न योजना सहयोगी हुने बैंकले जनाएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार