Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नेपालबाट खोसियो कोरियाको रोजगारी : बालकुमारी घटना मूख्य जिम्मेवार !

नेपालबाट खोसियो कोरियाको रोजगारी : बालकुमारी घटना मूख्य जिम्मेवार !

अर्थ प्लस
नेपालबाट खोसियो कोरियाको रोजगारी : बालकुमारी घटना मूख्य जिम्मेवार !

काठमाडौँ, जेठ ११ । दक्षिण कोरियाले नेपालीको आफ्नै हठका कारण  नेपालतर्फको थप रोजगार कोटा अन्य देशलाई दिएको छ।

कोरिया भाषा परीक्षा  लामोसमयम्म सञ्चालन नहुने स्थितिले गर्दा नेपालतर्फको रोजगारीको कोटा कोरियाले अन्य देशलाई दिएको हो । यसरी नेपालीको भागमा परेको रोजगारी कोटा अन्य देशलाई दिनुपर्ने अवस्थाको मूख्य जड भनेकै नेपालीहरुको अबुझपन हो ।

कतिपय वैदेशिक रोजगार व्यवसायीहरुले नेपालको भागमा परेको रोजगारीको कोटा अन्यत्र जानुको मूख्य कारण बालकुमारी घटना भएको बताएका छन्   । शिप विल्डिङतर्फ कोरिया भाषा परीक्षामा समावेश भएका युवाहरुले आन्दोलन गर्ने क्रममा बालकुमारी घटना भएको थियो । 

शिप विल्डिङतर्फको परीक्षा दिएका युवाहरुले उत्पादनतर्फ पनि परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सोहि आन्दोलनका क्रममा तत्कालिन भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको सवारी आक्रोसित भिडको निशानामा परेको थियो ।

आक्रोसित भिडले नको सवारी जलाइदिए । आन्दोलन अनियन्त्रित भयो । अनियन्त्रि  रुपमा भडकिएको आन्दोलनलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले गोलि  चलाउँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

पछिल्लो समय कोरियाले नेपालीलाई दिने भनेर राखेको रोजगारीको कोटा अन्य देशलाई दिनुको पछाडि सोही बालकुमारी घटना मूख्य कारण हो । 

नेपालतर्फको कति कोटा अन्यत्र गयो ?

वैदेशिक रोजगार विभाग स्रोतका अनुसार कोरियाले करिब ८ देखि १० हजार जनाको रोजगारी कोटा अन्य देशलाई दिएको छ । उसो त सो कोटा नियमिततर्फको नेपालीलाई दिइने कोटा भने होइन  । उनीहरुले उक्त रोजगारी कोटा सन् २०२४ मा नेपाललाई दिने तयारी गरेको थियो । उनीहरुले सो कोटा नेपाललाई दिने भनेर घोषणा भने गरेका थिएनन् ।

स्रोतका अनुसार उनीहरुले यसबारे तयारी मात्र गरेका थिए । हुम्यान रिसर्ज डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी कोरिया) का अधिकारीहरुले यस विषयबारे चर्चा पनि गर्ने गरेको स्रोतले बताएको छ । 

स्रोतका अनुसार  वैदेशिक रोजगार विभाग तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च पदस्थ कर्मचारी बीच यसअघि भएका छलफलमा एचआरडी कोरियाका प्रतिनिधिले यसको सम्भाबना बारे छलफलसमेत गरेका थिए ।

एचआरडीका अधिकारीहरुले यसै वर्ष २०२४ को जुन महिनाभित्र नेपालीलाई ८ हजार हाराहारीमा कृषितर्फको रोजगारी कोटा दिने गरि तयारी भइरहेको बताएका थिए ।  ’छलफलका क्रममा एचआरडीका अधिकारीहरुले हामीलाई सन् २०२४ को जुन महिना भित्र १० हजार हाराहारीमा कृषितर्फको श्रमिकको माग गर्ने तयारीमा रहेको बताएका थिए तर अहिले सो कोटा अन्य देशलाई नै दिएको थाहा भयो’ स्रोतले भन्यो ।

रोजगारीको कोटा अन्यत्र जानुमा बालकुमारी घटनासँग के सम्बन्ध छ ?

नेपालमा भाषा परीक्षा लामो समयसम्म चल्न थालेपछि कोरिया पक्ष निराश थियो । नेपालमा महिनौंसम्म चल्ने परीक्षा प्रणालीलाई  घटाउने बारे कोरियाले पूर्वतयारी  पनि गरेको थियो । युवाहरुको कोरियामा रोजगारीको आकर्षणले गर्दा प्रत्येक वर्ष परीक्षा दिनेको संख्या पनि गुणात्मक रुपमा  गएको थियो ।संख्या बढेसँगै परिक्षा सकिन महिनाँै लग्न थालेको थियो । 

यसरी लामो समयसम्म परिक्षा सञ्चालन हुने समय घटाउन कोरियाले एउटा जुक्ति लगायो । उसले एक क्षेत्रमा परिक्षा दिएका युवाले अन्य क्षेत्रकालागि परिक्षा दिन नपाउने नियम बनायो । सोहि अनुसार ईपीएस कोरिया शाखालाई पत्र पठायो । 

अर्थात कोरियाले सो पत्र नेपालको फोकल संस्था ईपीएस कोरिया शाखालाई पठाउनुको उद्धेष्य थियो तत्कालिन अवस्थामा शिप विल्डिङतर्फ परीक्षामा सामेल भएका युवालाई उत्पादनमा सामेल नगराउनु । यसको भित्रि उद्धेष्य चाहिं लामो समयसम्म सञ्चालन हुने परीक्षा समय घटाउने थियो । 

तर, कोरियाको सो पत्र बमोजिम ईपीएस शाखा बालकुमारीले पनि कार्यन्वयन गर्यो र विज्ञप्ति नै निकालेर भन्यो, शिप विल्डिङको परीक्षा दिएकाले उत्पादन तर्फको परीक्षा दिन पाइन्न ।’

शाखाको विज्ञप्ति सार्वजनिक भएपछि  शिप विल्डिङतर्फ परीक्षा दिएका केहि युवाले उच्च अदालत पाटनमा मुद्दा दायर गरे । पाटनले उनीहरुलाई पनि परीक्षामा सामेल गराउनु भनेर आदेश दियो । 

उक्त आदेश अनुसार शाखाले शिप विल्डिङको परीक्षा दिएका मध्ये मुद्दा दायर गर्ने युवाहरुलाई मात्र उत्पादनतर्फको परीक्षा दिन पाउने भन्यो ।अन्यको हकमा परीक्षा दिन नपाउने निर्णय भयो। सो निर्णयको विरुद्धमा शिप विल्डिङमा सामेल अन्य हजारौं युवाहरु आन्दोलनमा उत्रिए र बालकुमारी घटना हुन पुग्यो ।

उक्त घटना पछि अदालतले शिप विल्डिङमा सामेल सबैलाई उत्पादनतर्फको परीक्षामा पनि सामेल गराउनु भनेर फेरि आदेश दियो । सो आदेशको कार्यन्वयन शाखाले गर्यो । सोहि अनुसार सबैले परीक्षा दिन पाउने भए । आवेदन खुल्यो ।

समग्रमा १ लाख ६३ हजार जनाले उत्पादनतर्फ आवेदन दिए ।  त्यसको परीक्षा २०८० फागुनदेखि शुरु भयो । चरणबद्ध रुपमा सञ्चातिल सो परीक्षा सकिन मात्रै २०८१ पुस महिनासम्म लाग्ने छ । अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ । 

यदि यो परीक्षा असार साउन महिनासम्ममा सकिएको भए फेरि कृषितर्फको अन्यत्र गएको कोटा नेपाललाई दिने कोरियाको तयारी थियो । तर यो सम्भब भएन। त्यसै कारण कोरियाले यहाँको परीक्षाको समय घटाउनको लागि एक क्षेत्रतर्फ परीक्षा दिएका आवेदकले अन्य क्षेत्रतर्फ  परीक्षा दिन नपाउने नियम लागू गरेको हो ।

  सोहि अनुसार अहिले कोरियाले अर्को जुक्ति लगाएको छ ।कोरियाले अहिले माग संख्याको तीन गुणाभन्दा बढीले परीक्षा नै दिन नपाउने नियम  लागू गरेको छ ।

 

सम्बन्धित समाचार