Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

लक्ष्मी सनराइज बैङ्कको सेवा काठमाडौँको कपनमा पनि, शाखा सङ्ख्या २५५ पुग्यो

लक्ष्मी सनराइज बैङ्कको सेवा काठमाडौँको कपनमा पनि, शाखा सङ्ख्या २५५ पुग्यो

अर्थ प्लस
लक्ष्मी सनराइज बैङ्कको सेवा काठमाडौँको कपनमा पनि, शाखा सङ्ख्या २५५ पुग्यो

काठमाडौं, जेठ १३ । लक्ष्मी सनराइज बैङ्कले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बुढानिलकण्ठ नगरपालिका - १०, कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । 

स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिनेछ ।स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । 

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैङ्कको शाखा रहेको स्थान – औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।  

हाल लक्ष्मी सनराइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

सम्बन्धित समाचार