Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छूट सुविधा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छूट सुविधा

अर्थ प्लस
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छूट सुविधा

काठमाडौं, जेठ १३ । ग्लोबल आइएमई बैंकले कार्ड बाहक ग्राहकलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छूट दिने योजना पुनः सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले कम्पनीको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छूट पाउनेछन् । यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म सञ्चालनमा रहने छ ।

कम्पनीको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउनेछन् । यो योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छूट पाइने छ ।

कम्पनीले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ ।

यसअघि पनि ३ महिना सञ्चालनमा रहेको यस छूट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको हो ।

कम्पनीले ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।कम्पनी मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

कम्पनीले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा योगदान पुर्याउँदै आइरहेको छ । 

 

सम्बन्धित समाचार