काठमाडौँ, २ माघ । चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक पुरुषको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१५ डेरीचोकमा आफ्नै डेरामा खाना बनाउने क्रममा सिलिन्डर पड्किएर ५० वर्षीय मनिष थापाको मृत्यु भएको हो । खाना बनाउने क्रममा ग्यास लिक भएर विस्फोट भएको अनुमान गरिएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
