Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीबीच बैठक

बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीबीच बैठक

अर्थ प्लस
बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीबीच बैठक

काठमाडौं, जेठ १४ । आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीहरूको बैठक सुरु भएको छ ।अर्थमन्त्री पुनको नेतृत्वमा मन्त्रालयमा सुरु भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्य सहभागी छन् ।

बजेट लेखन टोलीका सदस्यमा अर्थ मन्त्रालयका सहसहसचिवहरू धनिराम शर्मा, रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य र ईश्वरी अर्याल तथा आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक पार्वती शर्मा छन् ।
राष्ट्रिय स्रोत अनुमान समितिले अर्थ मन्त्रालयलाई आव २०८१/८२ लाई १८ खर्बको ‘सिलिङ’ (बजेट सीमा) दिएको छ ।

मध्यमकालीन खर्च संरचनाले आगामी वर्षका लागि १९ खर्ब ४९ अर्ब ५० करोडको बजेट सिलिङ तोकेको थियो । स्रोत समितिले दिएको सिलिङमा नभई मध्यमकालीन खर्च संरचनाको सिलिङभित्र रहेर बजेट ल्याउने तयारी अर्थमन्त्री पुनले गरेका हुन् ।स्रोत समितिले भने राजस्वबाट १२ खर्ब ४५ अर्ब रुपैयाँमात्र पुग्ने अनुमान गरेको थियो ।

प्रधानमन्त्रीको निर्देशनमा केही वितरणमुखी कार्यक्रम थप गर्नुपर्दा बजेटको आकार बढ्ने अनुमान छ । अहिले बजेटमा समावेश भएका कार्यक्रम काँटछाँट हुने र मंगलबार बिहान १० बजे राष्ट्रिय योजना आयोगको पूर्णबैठक बसेर बजेटमा जुन अंक आउँछ, त्यसलाई नै स्वीकृत गरेर सार्वजनिक गरिने छ

 

सम्बन्धित समाचार