Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

इमर्जिङ नेपालको नगद लाभांश सेयरधनीको बैंक खातामा

इमर्जिङ नेपालको नगद लाभांश सेयरधनीको बैंक खातामा

इमर्जिङ नेपालको नगद लाभांश सेयरधनीको बैंक खातामा

इमर्जिङ नेपाल कम्पनीले आव ०७९/८० को मुनाफाबाट घोषणा गरेको नगद लाभांश सेयरधनीको खातामा जम्मा गरिदिएको छ ।

सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा आइतबारदेखि लाभांश जम्मा गर्न थालिएको हो । बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।

हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हिग्राही खाता खोली सेयर अभौतिकीकरण गराएर लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ८.४२११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । मङ्सिर १५ को साधारणसभाबाट कम्पनीले लाभांश  प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित समाचार