Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

४ सयले बढ्यो सुनको भाउ

४ सयले बढ्यो सुनको भाउ

अर्थ प्लस
४ सयले बढ्यो सुनको भाउ

काठमाडौं, जेठ १५ । आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ४ सय रुपैयाले बढेर प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै, आज तेजावी सुन पनि ४ सय रुपैयाँले नै बढेको छ ।  यस दिन तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको  छ ।

यो दिन चाँदीको भाउ ४० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ९७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६४६ रुपैयाँ तोकेको छ ।

 

सम्बन्धित समाचार