Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अन्ततः रबि लामिछानेमाथी बन्यो संसदीय छानबिन समिति

अन्ततः रबि लामिछानेमाथी बन्यो संसदीय छानबिन समिति

अर्थ प्लस
अन्ततः रबि लामिछानेमाथी बन्यो संसदीय छानबिन समिति

काठमाडौं, जेठ १५ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न विशेष संसदीय समिति बनेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले समिति गठन गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति गठन तथा समितिका सभापति र सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । सो प्रस्ताव पारित भएको छ ।

समितिमा कांग्रेस र एमालेबाट दुईदुई तथा माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एकएक जना सदस्य रहेका छन् ।

समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा (सभापति) र सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिलाई तीन महिनाको अवधि दिइएको छ ।

सम्बन्धित समाचार