Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

अर्थतन्त्र पुनसंरचना आयोग नै गठन गरेर लैजान्छौंः अर्थमन्त्री पुन

अर्थतन्त्र पुनसंरचना आयोग नै गठन गरेर लैजान्छौंः अर्थमन्त्री पुन

अर्थ प्लस
अर्थतन्त्र पुनसंरचना आयोग नै गठन गरेर लैजान्छौंः अर्थमन्त्री पुन

काठमाडौं, जेठ १६ । अर्थमन्त्री वर्षमान पुनले देशमा जारी आर्थिक संकटबाट मुक्त गर्न विशेष आयोग नै गठन गरेर अर्थतन्त्र पुनर्संरचना गर्ने बताएका छन् । संसदमा प्रस्तुत गरिएको बजेटमाथि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले नयाँ चरणको सुधार कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष निकालेर बजेट ल्याइएको स्पष्ट पारेका छन् । अर्थमन्त्री पुनले बजेटले धेरै कुरा सम्बोधन नगरेपनि नयाँ चरणको सुधार आयोग नै गठन गरेर गरिने बताएका छन् ।

मन्त्री पुनले कस्तो आयोग बनाउने भन्ने स्पष्ट नपारे पनि सबै पक्षसँग गम्भिर छलफल गरेर नयाँ चरणको सुधार अघि बढाउने बताए ।

अर्थमन्त्री पुनले अर्थतन्त्र सुधारको पाँच रणनीति अघि सारिएको बताउँदै बजेटले रणनीतिक रुपमा धेरै सुधार गर्न सक्ने बताए । मन्त्री पुनले कृषि र आईटी क्षेत्रमा नेपालले धेरै नै प्रगति गर्न सक्ने बताए ।

 

सम्बन्धित समाचार