Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्य तोलामा २३ सय रुपैयाँ महँगियो, अब प्रतितोला कति पुग्यो ?

सुनको मूल्य तोलामा २३ सय रुपैयाँ महँगियो, अब प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
सुनको मूल्य तोलामा २३ सय रुपैयाँ महँगियो, अब प्रतितोला कति पुग्यो ?

काठमाडौं, जेठ  १७ । स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला २ हजार ३ सयले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ३८ हजार २ सयमा कारोबार भएको छापावाला सुन बढेर आज १ लाख ४० हजार ५ सय निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर यो १ लाख ३९ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २ हजार २ सय ५० रुपैयाँले वृद्धि भएको हो ।

यसैगरी चाँदीको मूल्य तोलामा ७० ले घटेको भएको महासङ्घले जनाएको छ । बुधबार १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार ९ सय रुपैयाँ कायम भएको हो ।  

 

सम्बन्धित समाचार