Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आज बैंक तथा वित्तीय संस्थाबाट थप २५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

आज बैंक तथा वित्तीय संस्थाबाट थप २५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

अर्थ प्लस
आज बैंक तथा वित्तीय संस्थाबाट थप २५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौं, जेठ १८ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बिहीबार मात्रै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन पुनः २५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

निक्षेप संकलन उपकरणमार्फत सात दिने अवधिका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले सूचनामार्फत उल्लेख गरेको छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा तरलता अत्यधिक छ । गत जेठ १५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६२ खर्ब ६अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५१ खर्ब २० अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । 

समीक्षा अवधिसम्ममा बैंकमा ५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ । बैंकहरुसँग पर्याप्त तरलता रहेका कारण अन्तर बैंक ब्याजदर पनि २.९६प्रतिशतमा झरेको छ  । त्यस्तै ट्रेजरी बिलको ब्याजदरसमेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ । 

पछिल्लो समयमा केन्द्रीय बैंकले रिभर्स रिपो उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । 

सम्बन्धित समाचार